सुदूरपश्चिम प्रदेश सरकारले ४४ जना कर्मचारीको सरुवा गर्‍यो

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारले ४४ जना कर्मचारीको सरुवा गरेको छ। कात्तिक ७ गते प्रमुख सचिवस्तरीय निर्णयबाट इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवाका कर्मचारीको सरुवा गरिएको हो।
मुख्यमन्त्री कार्यालयले इन्जिनियरिङ सेवा तर्फ ९र१० तहका ४ जना कर्मचारीको सरुवा गरेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डोटीमा कार्यरत इन्जिनियर ग्रीष्म थापालाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलाली सरुवा गरिएको छ।
यस्तै, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलाबाट इन्जिनियर डम्बर प्रसाद धिताललाई जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कैलाली, जलस्रोत कार्यालय कैलालीबाट इन्जिनियर अमर बहादुर पाललाई जलस्रोत कार्यालय डडेल्धुरा तथा जलस्रोत कार्यालय डडेल्धुराबाट इन्जिनियर श्रीरामरथ खरेललाई जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुला सरुवा गरिएको छ।
वन सेवाका विवादित भट्ट धनगढी कँडेल पहलमानपुर सरुवा
वन सेवाका यसअघि विवादमा आएका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई आकर्षक मानिएको डिभिजन वन कार्यालय धनगढी पठाइएको छ भने धनगढीमा कार्यरत रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय पहलमानपुर सरूवा गरिएको छ। वन मन्त्री रमेशसिंह धामीको कार्यकालमा भट्टमाथि संसदीय समितिले छानबिन गरेको थियो। डिभिजन वन कार्यालय पहलमानपुर दरबन्दी भएका रामविचारी ठाकुरलाई डिभिजन वन कार्यालय कञ्चनपुर तथा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भीमप्रसाद कँडेललाई डिभिजन वन कार्यालय डडेल्धुरा पठाइएको छ।
डाक्टर निरज अर्यालको काज फिर्ता
मुख्यमन्त्री कार्यालय स्वास्थ्य सेवाका एक जनाको मात्रै काज फिर्ता गरेको छ। दसौं तहका वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर निरज अर्याललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारीबाट फिर्ता गरिएको छ। उनलाई सेती प्रादेशिक अस्पतालमै फिर्ता गरिएको छ।
सामान्य प्रशासन समूहका ७ जना अधिकृतको सरुवा
मुख्यमन्त्री कार्यालयले प्रशासन सेवा,सामान्य प्रशासन समूहका अधिकृत ७र८ तहका ७ जनाको सरुवा गरेको छ। सरकारले यातायात कार्यालय धनगढीका नरेन्द्र शाहलाई मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार मन्त्रालयका विनोद कुमार मालीलाई यातायात व्यवस्था कार्यालय कैलाली सरुवा गरेको छ। सामाजिक विकास मन्त्रालयमा कार्यरत भुवन जोशीलाई भूमि व्यवस्था मन्त्रालय सरुवा गरिएको छ भने भूमि व्यवस्था मन्त्रालयका मोहनचन्द्र जोशीलाई घरेलु तथा साना उद्योग कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा कार्यरत कोमलप्रसाद ओझालाई सामाजिक विकास मन्त्रालय तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय धनगढीका भोजराज भट्टलाई यातायात व्यवस्था कार्यालय कञ्चनपुर सरुवा गरी उनको ठाउँमा सत्यराज जोशीलाई सरुवा गरिएको छ।
सरकारले यो पटक प्रशासन सेवा सामान्य प्रशासन समूह ५र६ तहका २४ जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा दिपा अर्याल भट्टराई, लक्ष्मण राज जोशी, मायादेवी जोशी, आनसिंह डाँगा, अर्जुनदेव भट्ट, दामोदर जोशी, धर्मराज जोशी र रघुवर दत्त भट्टलाई सरुवा गरिएको छ।
यसैगरी, सरुवा हुनेमा पुष्करबहादुर थापा, कृष्णदत्त भट्ट, यज्ञनारायण श्रेष्ठ, लक्ष्मी साउँद, प्रकाश उपाध्याय, तारादत्त भट्ट, रामदत्त भट्ट, हरिसिंह रावल, खडकबहादुर बोहरा,भिमबहादुर सिंह, उमेशकुमार पन्त, गङ्गाकुमारी मगर, केशवराज जोशी, हर्कराज भट्ट, हेमराज भट्ट र अम्बादत्त जोशी परेका छन्।
चार जना नासुको सरुवा
सरकारले यो पटक चौथो र पाँचौं तहका चार जना कर्मचारीको सरुवा गरेको छ। पाँचौ तहका दीपुकुमारी कठायतलाई भौतिक पूर्वाधार मन्त्रालयबाट डिभिजन वन कार्यालय धनगढी, वनका देवप्रसाद उपाध्यायलाई भौतिक मन्त्रालय ल्याइएको छ। यसैगरी, डिभिजन वन कार्यालय पहलमानपुरका भक्तसिंह कुँवरलाई यातायात व्यवस्था कार्यालय महेन्द्रनगर तथा त्यहाँ कार्यरत दानसिंह कार्कीलाई पहलमानपुर सरुवा गरिएको छ।
प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड संशोधन गर्दै मुख्यमन्त्री कार्यालयले बुधवार सरुवा गरेको हो भने मन्त्रालयहरूले कात्तिक १४ गतेभित्र मातहतका कर्मचारीको सरुवा गरिसक्नुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित