मेडइन नेपाल र मेकइन नेपाल नीति चाहियो सरकार


सार्थक ब्यूरो । विकासोन्मुख नेपालमा गरिव दिनानुदिन गरिव र धनि दिनानुदिन धनि बन्दै गइरहेको अवस्थाप्रति सरकार गम्भिर हुनैपर्ने हुन्छ । यस्तो किन भइरहेको छ, किनभने मुलुक दलाल पुँजिपतिहरुको कब्जामा रहेको अवस्था छ । दलाल पुँजिपतिहरु मुलुकलाई टे«ड सेन्टरका रुपमा कायम राख्न चाहन्छन । दोश्रो तेश्रो मुलुकबाट सस्तोमा सामान खरिद गरेर ल्याउने र महंगोमा नेपाली जनतालाई बेच्ने गर्दछन । दलाल पुँजिपतिले किनेर ल्याएको सामानमा कर टेक्स र उच्च भन्सारदर लगाएर सरकार चलिरहेको छ । यत्ति मात्र होइन जनताबाट विभिन्न कर टेक्स असुल गर्ने तर जनतालाई कुनै सुविधा नदिने परिपाटीका कारण पनि त्यस्तो भईरहेको छ । मुलुकमा सरकार छ, सरकार मैमत्त अवस्थामा चलिरहेको छ । सरकारको आम्दानीको श्रोत जनता नै बनेका छन । मालपोत, भन्सार, नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स, जरिवाना थप जरिवाना गरि अर्थतन्त्र चलिरहेको छ । सरकारी धेरै संरचनाबाट काम थोरैको अवस्था छ । एक निकायले बनाएको जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता अर्को निकायले प्रमाणित गरिदिन उच्च दस्तुर तोकिएको छ । जनतामारा नीतिका कारण धनि झन धनि र गरिव झन गरिव हुदै गएको अवस्था छ । कर, टेक्स असुलिन्छ । तर रोजगारी दिन सक्ने सरकारसँग क्षमता छैन । सरकारी जागिर आवश्यकता भन्दा बढी छन । तीनमा चयन हुने व्यक्ति भ्रष्टाचार, घुसखोरी र अनियमितता गर्ने लाइसेन्स पाए जस्तो व्यवहार गरिरहेको अवस्था छ । मुलुकमा उद्योग धन्धा कलकारखाना खोल्ने तर्फको सोचको विकास हुन सकेको छैन । उद्योग खोल्न चाहने व्यक्तिलाई सहज वातावरण छैन उद्योग दर्ता गर्दा कैयौं कागजी झन्झटहरु राखिएका छन । उद्योग दर्ता गर्दा घुस माग्ने गरिएको छ । उद्योग दर्ता भईहालेपछि कच्चा मालको व्यवस्था स्वयमले गर्नुपर्ने छ भनि प्रमाणपत्रमा लेखिने गरेको छ । दोश्रो अथवा तेश्रो देशबाट तयारी माल भित्र्याइन्छ । कच्चा माल ल्याएर नेपालमै एसम्बल गर्न लगाउन सकिएको छैन । यो सबै सरकारी नीति बन्न नसकेका कारण भईरहेको छ । विश्व अर्थतन्त्रसँग चल्न सकिएको छैन । अहिले मेकइनको जमाना चलिरहेको छ । नेपाल सरकारसँग उद्योगका नाममा दुना टपरी, अचार, हस्तकला बाहेकको सोच छैन । दुना टपरी बनाउनुस तर जंगलबाट पात ल्याउन पाइदैन भन्ने नीतिमा सरकार चलेको छ । यस्तो अवस्थामा गरिवलाई कुनै अबसर नै छैन । अवसर छैन भने गरिव धनि कसरी हुने भन्ने प्रश्नको जवाफ सरकारसँग छैन । धनिका लागी सबै अवसर खुला छन भने धनि झन धनि र गरिव झन गरिबको अवस्थाबाट मुलुक मुक्त हुन सक्ने अवस्था छैन ।
मुलुकलाई समृद्ध बनाउनका लागी हामीले प्रयोग गर्ने सामान नेपालमै निर्माण गर्नुपर्ने नीति आवश्यक छ । अहिलेसम्म नेपालमा बनेको भन्ने सामान दोश्रो तेस्रो मुलुकबाट तयारी अवस्थामा ल्याइन्छ । भन्सार छलि र छुट सेटिङ्गमा मिलाइएको छ । यस्तो अवस्थामा मेडइन नेपाल र मेकइन नेपालको नीति बनाएर नेपालमा प्रयोग गरिने सामान नेपालमै बन्नु पर्दछ भन्ने नीति बनाइनै पर्दछ । मोटरसाइकल, कार, जीप, ट्रक, बस, साइकल र आयात गरिने खाद्य लगायत अन्य उपभोग्य सामानको प्रशोधन नेपालमै गरिनुपर्ने नीति सरकारले बनाउनै पर्दछ । त्यस्तो नीति बनाइएमा थोरै मात्रामा भए पनि रोजगारी सिर्जना हुने र रोजगारी प्राप्त भए गरिबलाई राहत हुने अवस्था छ तर सरकारी नीति छैन । त्यसकारण गुणस्तरीय सामान नेपालमै प्रशोधन गरी प्रयोगको नीति बनाउने काम सरकारको हो । सरकारले त्यस तर्फको नीति बनाउनै पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित