बडायक दाम्पत्तीको हत्यामा संलग्न भएको आशंकामा तीन युवक प्रहरी नियन्त्रणमा

सार्थक ब्यूरो । कञ्चनपुरको लालझाडी गाँउपालिका १बिनबारीका हत्या गरिएका बडायक दाम्पत्तीको अन्त्येष्टी गरिएको छ । शनिबार दोदा नदीमा बडायक दाम्पती रमेश बडायक९रामेश्वर० र कमला बडायकको अन्त्येष्टी गरिएको हो ।
बिहीबार राती बडायक दाम्पत्तीको हत्या भएको थियो । हत्या गरिएका दुवैको धनगढी सेती प्रादेशिक अस्पतालमा पोष्टमाष्टमपछि धार्मिक विधी अनुरुप अन्त्येष्टी गरिएको छ ।
कञ्चनपुर प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीन युवकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीले घटनाको अनुसन्धान भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित