
सार्थक ब्यूरो । भीमदत्त नगरपालिका ६ मा मङ्सिर १६ गते हुने उप निर्वाचनका लागि सत्तारुढ नेकपा एमाले निर्वाचनमा होमिएको छ । एमालेले चुनावी कार्यक्रम व्यवस्थित बनाउन निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ ।एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर बिश्वकर्माले सम्पर्क कार्यालय उद्घाटन गरे । एमाले भीनपा ६ वडा कमिटी अध्यक्ष चुडामणी कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु मोहन सिंह रावल , लक्ष्मी बिश्वकर्मा , जिल्ला उपाध्यक्ष जनकराज अवस्थी , उप सचिव अशोक चन्द , राजिव खड्का, नेताहरु कृष्ण देव पन्त अध्यक्षका उम्मेदवार बहादुर चन्द लगायत जिल्ला कमिटी सदस्यहरु , प्रदेश सल्लाहकार , नगर कमिटी पदाधिकारी, सदस्य, भीनपा ६ का पुराना नेता तथा कार्यकर्ता सहभागी भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बिश्वकर्माले एमाले जहिले पनि जनताको पक्षमा रहि कार्य गर्द आएको उल्लेख गर्दै जनताकै माया र विश्वासबाट यहाँसम्म आएको पार्टी भएको बताए ।
‘यो उप निर्वाचनमा एमालेको जित निश्चित छ’ उनले भने, २०४९ देखि जित्दै आएको यो वडामा २०७९ मा मात्र विविध कारणले गुम्न पुग्यो, अब आफ्नो विरासत फर्काउन यो अवसर हो हामी गुम्न दिन्नौ ।
एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, उप सचिव अशोक चन्दले सम्पुर्ण नेता कार्यकर्ताले चुनावमा हुम्न आव्हान गरे । कार्यक्रममा एमाले वडा अध्यक्षका उम्मेदवार चन्दले पार्टीले विश्वास गरेर आफूलाई अगाडि सारेको र त्यस अनुसार पार्टी निर्देशन र जनताको चाहना अनुसार कार्य गर्ने उल्लेख गर्दै सबै मतदाताहरुमा सहयोगका लापग आव्हान गरे ।
म जहिले पनि जनताओको हित र पार्टी मर्यादामा रहि कार्य गर्नेछु’ उनले भने ।भीनपा ६ का वडा इन्चार्ज लक्ष्मी भट्टले स्वागत गरेको कार्यक्रम सञ्चालन जिल्ला कमिटी सदस्य राजेन्द्र आग्रीले गरेका थिए ।


















Discussion about this post