नगर विकास समितिको सेटिङ्ग

 

सार्थक ब्यूरो !महेन्द्रनगर नगर विकास समिति हालको नाम परिवर्तन भीमदत्त नगर विकास समिति गुरुयोजना तयार गरि विभिन्न क्षेत्रमा विभाजन गरिएको छ। क्षेत्र परिवर्तन गर्दा नेपाल सरकारको स्वीकृति लिएर मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ । लाखौंको जग्गा आफ्ना र आफन्तलाई सेटिंग गरेर हजारौंमा र सित्तैमा दिएर सिध्याएका छन । गुरुयोजना अनुसार सरकारी आवास क्षेत्रको जग्गामा एक लाईन (गल्ली) विस्तार गर्नुपर्ने आवश्यकता ठानेर तत्कालिन महेन्द्रनगर नगर विकास समितिले २०५३ सालमा निर्णय गरि स्वीकृतिका लागी सरकारसँग माग गरेकोमा सरकारले १४ वर्षपछि २०६७ सालमा स्वीकृति दियो । स्वीकृतिसँग जोडिएका व्यक्तिहरुले २०५३ सालको दरमा जग्गा पाउनुपर्नेमा २०६७ सालको मूल्य तिराउने काम भयो । पछिबाट उक्त जग्गामा विवाद खडा स्वयम् नविस पदाधिकारी र सचिवालयले २०६७ सम्म कुनै साइनो नै नभएका व्यक्तिलाई सचिवालयको सहयोगमा नक्कली कागज पत्र खडा गरेर विवाद उत्पन्न गराइयो । भीमदत्त नपा वडा नं. ४ गल्ली नम्बर १ मा १८ ६० को एक प्लटको पाँच हजार रुपैया जम्मा गर्नु पर्नेमा ३३७५ (तीन हजार तीन सय पचहत्तर) जम्मा गरि एक प्लटको स्वामित्व लिई सकेका स्वर्गीय रामदत्त बोहराको नामको घडेरी प्लट जग्गा अहिले पनि निज बोहराका छोरा पदम राज बोहराको भोग चलनमा रहेकोलाई आधार बनाएर नगरपालिका उत्तर २०६७ सालमा बलपुर्वक नविस सचिवालयका व्यक्तिहरुको मिलेमतोमा पदम बोहराले अतिक्रमण गरि जग्गा कब्जा गर्ने योजनामा नगर विकास र नगर प्रमुखको संरक्षण हुँदै आएको छ । अहिले नगर पञ्चायतका प्रधानपञ्च धर्मराज जोशीले लेखेको पत्र र गल्ली नम्बर १ मा जम्मा गरेका नक्कली रसिदलाई प्रमाण बनाएर उच्च अदालतमा रिट दायर गरेर अन्तरकालिन आदेश लिएको ६ महिना बढी वित्न लागेको खुल्न आएको छ । नक्कली कागजपत्र खडा गर्ने पदम बोहरा र नविस सचिवालय विरुद्ध कारवाही गरिपाउँ भनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महेन्द्रनगरमा निवेदन परेको पनि लामो समय भईसकेको सरोकारवालाहरुको दावी छ । ती दुवै निकायमा समेत नविस सचिवालय र जग्गा अतिक्रमण गरि बस्ने पदम बोहराले सेटिंग गरि कब्जा यथावत राखेको थाहा भएको छ । यति मात्र पनि होइन नविस र पदम बोहराले अदालतमा समेत सेटिङ्ग गरेको भन्दै हिड्ने गरेका छन । जिल्ला प्रशासन कार्यालय र नविसको अतिक्रमण हटाउने सम्बन्धमा भएको सूचना विरुद्ध रिट निवेदन गर्नेहरुको निर्णय भइसकेको भए पनि पदम
बोहराको ६ महिना बढी वितिसक्दा पनि निर्णय भइसकेको देखिदैन । अतिक्रमणकारी बोहराले नविसको मिलेमतोमा जताततै सेटिङ्ग गरेको बताउँछन । हालको मूल्य २५ लाख बढी भएको उक्त जग्गा सित्तैमा नक्कली कागजका भरमा हत्याउने योजनामा रहेको देखिन्छ । जसमा पुर्व नगर प्रमुख र वर्तमान नगर प्रमुखको समेत संलग्नता स्पष्ट भएको छ । शहरी विकास मन्त्रालयले अनियमितताको छानविन गरि गरिएको कारवाही नविस पदाधिकारी र सचिवालयले अवैध असुली गरि कारवाही गरेनन् । मन्त्रालयको निर्देशनको अवज्ञा भयो कार्यान्वयन गराई पाऊ भनि न्यायालय जाँदा न्यायालयबाट समेत न्याय नपाएको भुक्तभोगीहरुको भनाई छ । सेटिङ्गमा जे पनि हुने नियम कानूनले केही नहुने स्थिति बनेको नगर विकासमा नक्कली कागजपत्र खडा गरि आफै बोक्सी आफै झाक्री बनेको नगर विकासलाई कारवाही गराउन कहाँ जाने पिडितहरुको गुनासो छ । सरकारी कागज किर्ते गर्ने पदमराज बोहरालाई विगो जरिवानाको कारवाही हुनुपर्नेमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र अख्तियारले कारवाही नगरी सेटिङ्गमा उन्मुक्ति दिएकोमा निज बोहरा तीनै नक्कली कागजपत्रका आधारमा उच्च अदालतमा रिट निवेदन गरि अन्तरकालिन आदेश गराउन समेत सफल भएको र अदालतबाट अफ्ना पक्षमा निर्णय गराएरै छाड्ने भन्दै हिडेको देखिन्छ ।
गुरुयोजना भित्रको जग्गा व्यक्तिलाई दिने अधिकार महेन्द्रनगर नगर पञ्चायतका प्रधान पञ्च तपाई धर्मराज जोशीलाई कहाँबाट प्राप्त भयो भनि सोध्दा धर्मराज जोशी भन्नुहुन्छ ४० वर्ष पहिलाको कुरा मलाई केही थाहा छैन । महेन्द्रनगर नगर विकास समितिको लेटर प्याडको दुरुपयोग गरि ३८ वर्ष पहिला लेखिएको भनि पेश गरेको पत्र २०६८ मा लेखिएको बुझिन आएको छ । लेटर प्याडको दुरुपयोग गरेर अथवा गल्ली नम्बर १ मा लिएको निज बोहराकै स्वामित्वमा रहेको जग्गाको लागी लेखिदिएको र सोही आधारमा अतिक्रमणकारी बोहराले जग्गा लिई सकेको कागजको दुरुपयोग गरिरहेको बुझिन आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित