भाइटीकाको शुभ साइत कात्तिक १८ गते ११:३७ बजे

Inaruwa, Sunsari - भाइ टिकाको शुभकामना ...

 

सार्थक ब्यूरो ।नेपाल पञ्चांग निर्णायक  समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको उत्तम साइत हुने निर्क्योल गरिएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। समितिको आजको बैठकले यो निर्णय गरेको हो।
उत्तम साइत यो भए पनि बिहानदेखि साँझसम्म आफ्नो अनुकूलतामा टीका लगाउन भने बाधा नपर्ने ज्योतिषीहरूको भनाइ छ पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा (भाइपूजा) पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबार सुरु हुँदै छ। मंगलबार धनत्रयोदशी ९धनतेरस० पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ गते बुधबार परेको छ।कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइनेछ।समितिको विज्ञप्तिअनुसार, कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ। कात्तिक १६ गते शुक्रबार औँशी परेको छ। त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित