सार्थक ब्यूरो । गड्डाचौकीस्थित सृजनात्मक बचत तथा ऋण सहकारी संस्थाले समाज कल्याण अञ्चल बाल अनाथालयलाई आर्थिक सहयोग गरेको छ । सहकारीको १५ औं वार्षिक साधारण सभामा बिहीबार अनाथालयलाई २६ हजार ६ सय ४० रुपैँया सहयोग प्रदान गरिएको छ ।
सहकारीले आर्थिक २०७३÷०७४ देखि अनाथालयलाई बर्सेनी सहयोग गर्दै आएको छ । सहकारीका अध्यक्ष मदन सिह क्षेत्रीका अनुसार अनाथालयका लागि सहकारीका सबै शेयर सदस्यबाट प्रति महिना २ रुपैँँयाका दरले सहयोग रकम संकलन हुने गरेको छ । अनाथालयलाई सहयोग स्वरुप उक्त रकम सहयोग स्वरुप प्रदान हुँदै आएको सहकारीले जानकारी दिएको छ । गत वर्ष सहयोग रकम २५ हजार ३ सय २० रुपैँया थियो ।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री रावल, सहकारीका अध्यक्ष मदन सिह क्षेत्रीले अनाथालालय सञ्चालक समितिका सदस्य भगवती थापालाई सहयोग रकम प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री रावलले सहकारीले आर्थिक कारोबारसंगै समाजसेवा पनि गरी सराहनीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
सहकारीका अध्यक्ष क्षेत्रीको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रममा विशिष्ठकृत सहकारीका संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष गणेश बहादुर चन्द, नेपाल बचत तथा ऋण सहकारी संघका भवानी चन्द, भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेल, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बहादुर चन्द, उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारा जोशी लगायतले शुभ कामना मन्तव्य राखे ।


















Discussion about this post