बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान

 

सार्थक ब्यूरो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उच्चस्तरीय समितिले दुवै आयोगको लागि अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ ।
समितिको सचिवालयले आज एक सूचना जारी गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रिया, २०८१ आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि इच्छुक व्यक्तिले सो प्रक्रियाको अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न अनुरोध गरेको हो ।
आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रिया २०८१ र सोको अनुसूची बमोजिमको आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

462545647_1709339516580129_4856110225539982779_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित