सार्थक ब्यूरो । नारायणगढ(मुग्लिन सडक खण्डमा बस र इलेक्ट्रिक हाइस एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ घटनामा गम्भीर भएका चार जनाको मृत्यु भएको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ मृत्यु हुनेमा हायसमा यात्रारत गोर्खा आरुघाट १ मान्बुका ४२ वर्षका राजबहादुर गुरुङ, हाईस चालक हाल नाम थर वतन नखुलेको वर्ष ४५ को पुरुष, हाईसमा सवार नामथर वतन नखुलेकी अन्दाजी ४० जतिकी महिला र हाईसमा सवार नामथर नखुलेको अन्दाजी ३२ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको गम्भीर अवस्थामा उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ३ बजे भरतपुर महानगर २९ स्थित सत्रकिलोमा मुग्लिन तर्फबाट नारायणगढतिर आउँदै गरेको बा।प्र। ०६–००१ज ०२९८ नं को ई.भि. हाइस र नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएको थियो ।


















Discussion about this post