सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन, तयारीमा जुटे दलहरू

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ कार्तिक २३, शुक्रबार ७:०२
in Breaking (With Image), समाचार, सुदूरपश्चिम प्रदेश
0
सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन, तयारीमा जुटे दलहरू

 

सार्थक ब्यूरो । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दलहरूले तयारी थालेका छन् । जनप्रतिनिधिहरूको निधनपछि सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका ५ र भीमदत्त नगरपालिका–६ मा वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको हो । त्यस्तै जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पनि उपनिर्वाचन हुने भएको छ ।
ती स्थानका उपनिर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरु करिब करिब टुङ्ग्याइसकेका हुन् । सँगै घरदैलो कार्यक्रमलाई समेत अगाडि बढाइसकेका छन् ।
सत्तारुढ दल नेकपा एमाले र कांग्रेस आफ्नो पक्षमा माहौल तयार पार्नमा जुटेका छन् । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको नाम टुङ्गो लगाउने तयारीमा पुगेको छ ।
नेकपा एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले करिब–करिब सबै टुङ्गो लागिसकेको जानकारी दिए । उनका अनुसार एमालेले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षको लागि सुशिला कुमारी भण्डारीको नाम टुङ्गो लगाएको छ । भण्डारी गत निर्वाचनमा नेपाली कांग्रेसकी मैना जोशीसँग पराजित भएकी थिइन् । जोशीको निधनपछि निर्वाचन हुन लागेको हो ।
त्यस्तै, एमालेले डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षको लागि देवबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ भने, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदको लागि बहादुर चन्दलाई उम्मेदवार बनाएको प्रदेश अध्यक्ष जैशीले बताए ।
बझाङको सुर्मा गाउँपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका ५ को वडाध्यक्षको उम्मेदवार भने कांग्रेस र माओवादीको उम्मेदवारको आधारमा तय गर्ने रणनीति एमालेको छ । साथै जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसलाई सघाउने र त्यसको लागि सत्तारुढ दलहरूसँग छलफल चलिरहेको एमालेले बतायो ।
कांग्रेसले जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि धनगढी उपमहानगरपालिका २ का वडा सदस्य केशवराज पन्तको नाम सर्वसम्मत सिफारिस गरेको कांग्रेस सुदूरपश्चिम कार्यवाहक सभापति लोकराज अवस्थीले जानकारी दिए ।
१३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ । कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ ।त्यस्तै, अरू पालिकाहरूको नाम पनि छिट्टै टुङ्गो लाग्ने अवस्थीको भनाइ छ ।
यस्तै सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले जिसस कैलाली प्रमुखमा दाबी गरेको छ । नाउपाका महासचिव गंगाराम चौधरीले आफूहरूको प्रमुखमा दाबी रहेको र त्यसको लागि छलफल जारी रहेको बताए ।त्यस्तै, नेकपा माओवादी केन्द्र पनि उम्मेदवार टुङ्ग्याउने कसरतमा लागेको छ । माओवादी केन्द्र सुदूरपश्चिम सचिव जनक बुढाले कार्तिक २४ गतेभित्र टुङ्गो लाग्ने बताए ।
यसैबिच निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृत तोकिसकेको छ भने केही दिनमै निर्वाचन अधिकृतको कार्यालय स्थान पनि तोकिने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए ।
निर्वाचनको कार्यतालिका अनुसार मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ । यस्तै सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
निर्वाचन आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।
मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । यस्तै सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

Previous Post

बाढीबाट कञ्चनपुर जिल्लामा एक अर्ब ६७ करोडको क्षति, चार जनाको मृत्यु

Next Post

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान

Next Post
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.