कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु

 


सार्थक ब्यूरो । कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै संचारकर्मी लाई बताइन् ।
८ जनाको मृत्यु भएको प्रहरी चौकीबाट मलाई जानकारी गराउनु भएको छ । त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ’, उनले संचारकर्मी सँग टेलिफोनमा भनिन् ।उनका अनुसार १२ घाइते भएका छन् । मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप वितरण आउन बाँकी छ ।
आइतबार पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित