जाजरकोटको बाउसे खोलामा अर्को दुर्घटना, ३ जना घाइते

 

सार्थक ब्यूरो । जाजरकोटको बाउसे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले बताएको छ ।गाडी बिच सडकमा पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । यस्तै केही बेरअघि जाजरकोटकै कुदुमा फोर्स गाडी दुर्घटनामा १७ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित