सार्थक ब्यूरो । नेकपा एमाले सम्बद्ध पेशागत महासंघ नेपाल बेलौरी नगर अध्यक्षमा जनक भट्ट चयन भएका छन् । शुक्रबार “समृद्ध नेपाल सुखी जीवन, गुणस्तरीय सेवा जिम्मेवार ट्रेड युनियन“ नाराका साथ भएको प्रथम नगर अधिवेशनबाट भट्ट अध्यक्षतामा नगर समिति चयन गरिएको छ ।
९ सदस्यीय समितिको उपाध्यक्षमा नरेन्द्र चन्द, अनिता पाण्डेय (भट्ट),सचिवमा विष्णुप्रसाद तिवारी,सह सचिवमा कर्ण बहादुर कुँवर, कोषाध्यक्षमा युवराज अर्याल र सदस्यमा दुर्गा चौधरी,ईश्वरी गुरुङ र शिवराज जोशी चयन भएका छन् ।
पेशागत महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष राजेन्द्र बिष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य जयन्ती पन्त प्रमुख र एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञप्रसाद कँडेल विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, सचिवालय सदस्य एबम् पेशागत इन्चार्ज रामचन्द्र रेग्मी, पेशागत महासङ्घ नेपाल सुदूरपश्चिम महासचिव कमल चन्द, जिल्ला कमिटी सदस्य एवं बेलौरी नगर इन्चार्ज धनेश दत्त पन्त, जिल्ला कमिटी सदस्य एवं बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्द लगायत सहभागी भएका थिए ।
















Discussion about this post