सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
गोलाबाट तोकिएको पेसी ल नम्बरमा पेसी रहेको छ। सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । पछि इजलासमा निवेदन पुगेपछि दर्ता गर्ने आदेश गरेको थियो ।
उक्त निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ । निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको थियो ।निवेदनमा न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायत कार्यगरी स्वतन्त्र न्यायपालिकामाथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख छ ।
















Discussion about this post