सार्थक ब्यूरो ।१०औं उद्योग दिवस घरेलु तथा साना उधोग कार्यालय प्राङ्गणमा एक कार्यक्रम गरि सम्पन्न भएको छ। घरेलु तथा साना उधोग कार्यालय प्रमुख हेमन्त बहादुर सिंह को सभापतित्व र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको कार्यक्रममा कार्यालय का कम्प्युटर अपरेटर नरेश भट्टले कार्यालय को प्रगति बिवरण प्रस्तुत गरेका थिए। बर्ष २०८१/०८२ को प्रथम चौमासिक बिवरणमा हाल सम्म जिल्लामा १० हजार ९ सय ११ उद्योग र १३ हजार २ सय १७ बाणिज्य तर्फ फर्म दर्ता रहेका छन। कार्यालय ले सिप मुलक र आय मुलक तालिमका कार्यक्रम रहेको जानकारी गराएका छन्।कार्यक्रममा नेपाल घरेलु तथा साना उधोग महासंघका अध्यक्ष हरि प्रसाद जोशी उद्यम प्रशिक्षार्थी ललिता खाती भिनपा वडा नंवर ४का वडा अध्यक्ष शुसिल भट्ट बेलडाँडी का उद्यमी जय ब कुवर लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए। कार्यक्रमको संचालन कार्यालय का सुचना अधिकारी राजेन्द्र भट्ट ले गर्नुभएको थियो।
कार्यक्रममा कञ्चनपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेश गुरुङ्ग, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, लगायतका जिल्ला स्थीत सरकारी तथा गैर सरकारी क्षेत्रका महानुभावहरुको उपस्थीति रहेको थिायो कार्यक्रम स्थलमा स्थानिय उत्पादनका केहि बस्तुहरु समेत प्रदर्शनमा राखिएका थिए।


















Discussion about this post