सार्थक ब्यूरो ।शहिद भिमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय कञ्चनपुर को आयोजनामा यस क्षेत्रका किसान आन्दोलनका अग्रणी नेताका रुपमा परिचित शहिद भिमदत्त पन्तको ९८ औ जन्म जयन्ती एक कार्याक्रम गरि मनाइएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हरि प्रसाद जोशी को अध्यक्षतामा र सुदुर पश्चिम प्रदेशका प्रदेश सभा सदस्य एवं पुर्व मुख्य मन्त्री राजेन्द्र सिंह रावलको प्रमुख आतीथ्यमा सम्पन्न गरिएको कार्याक्रमा पुर्व उप सभामुख भोजराज जोशी नेका नेता तेज बहादुर भण्डारी अकुरयावका निवर्तमान उपाध्यक्ष विष्णु अवस्थी पत्रकार रनि विवश राजेन्द्र नाथ लगायातको सहभागीता रहेको थियो । कार्याक्रमको संचालन प्रतिष्ठानका सचिव कर्ण बहादुर चन्द ले गर्नु भएको थियो । कार्याक्रम सम्पन्न गर्न प्रतिष्ठानका कोषाध्यक्ष रामचन्द्र शाहा र कार्य समिति सदस्य प्रदिप राना को सराहनिय कार्यको प्रशंसा समेत गरिएको छ । कार्याक्रम ठिक समयमा शुरु भई छोटो र राम्रो भएको सहभागीहरुको भनाई रहेको थियो ।




















Discussion about this post