एक पटक नागरिक बनेर सोचौं

बठाई गर्ने र अर्काको मानमर्दन गर्ने व्यक्ति समाज सुधारक हो भन्ने भ्रमबाट नेपाली समाज मुक्त हुन जरुरी छ । हल्ला, भ्रम र भ्रामक अभिव्यक्तिलाई पत्याउने बानीबाट पनि मुक्त हुन जरुरी छ । समाज निर्माणको जिम्मेवारी मेरो होइन भन्ने भ्रमबाट पनि मुक्त हुन जरुरी छ । मैले गरेर के हुन्छ भन्ने भ्रमबाट पनि नागरिक मुक्त हुन जरुरी छ । यस्ता धेरै भ्रमका बीचमा नेपाली नागरिक रहेका छन । यो देशमा केही हुदैन, विदेश गएर केही हुन्छ, विदेशमा गएर जस्तोसुकै काम पनि गर्न हुन्छ तर स्वदेशमा काम सानो ठूलो हुन्छ भन्ने भ्रमबाट पनि मुक्त हुन जरुरी छ । यस्ता भ्रमहरुबाट मुक्त नागरिक भए राजनीतिको सुधार हुन्छ । राजनीतिक सुधारले देश आत्मनिर्भर बन्नका लागी बल मिल्छ । देश आत्मनिर्भर भएमा रोजगारी सिर्जना हुन्छ । रोजगारी सिर्जना भएको खण्डमा नागरिकको जीवन स्तरमा सुधार हुन्छ । जीवनस्तर सुधार भएको खण्डमा स्वच्छ समाजको निर्माण हुन्छ । स्वच्छ समाज नै आजको आवश्यकता हो । यसका विपरित हाम्रो समाज बनि रहेको छ, नेपाली मानसिकता बनिरहेको छ ।
अर्कालाई गाली गलौच गर्नु उत्तम मानिन लागेको छ । अहिले नेपाली समाजमा त्यही भईरहेको छ । राजनीति नीति सिद्धान्तबाट चलिरहेको छैन । राजनीति स्टन्टबाजीबाट चलि रहेको छ । अहिले उदियमान राजनीतिक व्यक्तित्वहरु त्यस्तै स्टन्ट अफवाह भ्रमबाट अगाडी आएका छन । सिके राउत, रवि लामिछाने, बालेन शाह, रेशम चौधरी लगायत त्यसका सटिक उदाहरण हुन सक्छन । अर्काको मानमर्दन गरेर समाजलाई अराजनीतिक संस्कारमा लैजाने काम भएका छन । व्यक्तिलाई विभाजन र विभेदकारीसँगै साम्प्रदायिक, द्वैष फैलाउने काम भएका छन । मानमर्दन र गाली गलौज, असिष्टतासँगै भ्रम र भ्रामक हल्लाले राजनीतिमा स्थान पाएका यी दरिला उदाहरण हुन । यसका अतिरिक्त जात, भाषा क्षेत्रका नाममा गरिएको राजनीतिलाई पनि लिन सकिन्छ । मधेशवादी आदिवासी जनजाती अथवा अन्य भेगीय, क्षेत्रीय, जातीय भाषिय आधारमा खडा गरिएको राजनीतिले पनि समाज अधोगति तिर गईरहेको छ । देशको राष्ट्रपति जनताको छोरा बन्नु पर्दछ । जनता नै देशका मालिक हुन भनि लडेका व्यक्ति समेत विचलित हुनु समाजका लागी दुर्भाग्य सावित बनेको यस घडीमा नागरिक स्तरबाट यसको सुधारका लागी आवाज उठ्नु पर्ने बेला आएको छ ।
नागरिक सबैले बुझेका छन । बुझेकालाई बुझाउन सकिदैन, नबुझेकालाई बुझाउन सकिन्छ । त्यस कारण म बाट सुरु हुनुपर्ने आजको आवश्यकता हो । म बाट सुधार गर्न सकिन्छ, म परिवर्तनको सम्बाहक बन्न चाहन्छु । म समाजमा रहेको विभेद अन्त गर्न चाहन्छु, म देश विकासमा लाग्दछु, म समाज निर्माण र सुधारमा लाग्दछु भनि प्रण गर्नुपर्ने बेला आएको छ । यति मात्र होइन म राजनीतिक दललाई सुधार्ने संकल्प गर्दछु । त्यसका लागी म बाट सुरुवात गरिएको खण्डमा प्रत्येक म मिलेपछि हामी बन्ने छौं । हाम्रो समाज बन्ने छ, राजनीतिक दल भित्र राम्रा नराम्रा दुवै थरी मानिसहरु संगठित भएका हुन सक्छन । राजनीतिक दलले नराम्रो मान्छे चुनावी मैदानमा उतारेको खण्डमा नागरिक स्तरबाट त्यस्ता व्यक्तिको बहिस्कार गरेर आफूलाई उचित लागेको पात्रलाई मतदान गरियो भने राजनीतिक दलको सुधार हुन सक्छ ।
राजनीतिक दल भित्र सुधार गर्न सकिएमा सबै क्षेत्र सुधार भएर जाने निश्चित छ । राजनीति भित्र उदाहरणीय व्यक्तिहरु उत्पादनको आवश्यकता छ । व्यक्तिको सहि पहिचान गरि सुधार गर्न सकिएमा मात्र राजीतिक सुधार हुने हुँदा नागरिक स्तरबाट त्यसको सुधारका लागी प्रत्येक नागरिक जागरुक र जिम्मेवार बन्नु आवश्यक छ । हामीले निर्वाचित गर्ने व्यक्ति हामी आफै निर्वाचित गरौं । पैसा, पावर, मासु, भात, रक्सीको बदलामा मतदान नगरौं । उम्मेदवार बनेका र बनाइएका र तपाईले चुन्न चाहेका व्यक्तिलाई आफ्नो तर्फबाट हुन सक्ने सहयोग रुपैया एक भए पनि सहयोग गरौं । चकाचौंध, झिलिमिली, बाजागाजाको बहिस्कार गरौं । यो नागरिक स्तरबाट मात्र सम्भव छ । किनभने हिजो विग्रिएको राजनीति राजनीतिक दलले आज सुधार गर्न सक्ने अवस्था छैन । राजनतिक दलको टिकट व्यक्तिको इमान्दारीताले होइन पहुँचले पाउन थालिएको छ । यसको सुधार नागरिक स्तरबाट मात्र सम्भव छ । नागरिक जागरुक भए मात्र देश बन्छ । एक पटक नागरिक भएर सोचौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित