सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

चिनियाँ फौजलाई हराउने  सूर्यगढी, दुधेगढी ओझेलमा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ मंसिर १३, बिहीबार ७:१७
in Breaking (With Image), समाचार
0
चिनियाँ फौजलाई हराउने  सूर्यगढी, दुधेगढी ओझेलमा

 

त्रशरण उत्सुक र रमेश सिलवाल

वदुर ।बागमती प्रदेशका १३ जिल्लामध्येको नुवाकोट ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वको जिल्ला हो । जिल्लाको सूर्यगढी गाउँपालिका– ३ चोकदे बजारमाथि रहेको पहाडको शिरमा ऐतिहासिक सूर्यगढी छङ्गाछुर भिरको टुप्पामा छ । सो गढीको दुई किलोमिटरजति पश्चिमतिरको शिरमा सहायक गढीका रूपमा चन्द्रगढी छ । दुवै गढीका बिचमा बागेश्वरी भञ्ज्याङ र त्यसको केही माथितिर बागेश्वरी मन्दिर छ । यी ऐतिहासिक, पुरातात्विक तथा धार्मिकस्थल अहिले सामुदायिक जङ्गलको क्षेत्रभित्र पर्छन् । नेपाल र तिब्बतबिचका लडाइँमा सूर्यगढी, चन्द्रगढी, गेर्खुगढी, जितगढी र दुधेगढी नेपाललाई बचाएका ऐतिहासिक गढी अहिले महत्वहीन बनेका छन् । वि.सं. १८४९ मा चिनियाँ फौजले नेपालले जितेको ल्हासा, कुती, केरुङदेखि नेपाली सेनाको फौजलाई लखेट्दै÷लखेट्दै सूर्यगढी आइपुगेको थियो । यस क्षेत्रमा रहेका पाँच गढीबाट नेपाली फौजले एकैपटक हमला गरेर चिनियाँ फौजलाई आत्मसमर्पण गर्न बाध्य बनाएको थियो । यो लडाइँमा पराजित भएपछि चिनियाँ फौजले युद्ध टुङ्ग्याएर बेत्रावतीमा सम्झौता गरेको इतिहासमा उल्लेख भएको अनुसन्धाता, अध्येता शिवबहादुर भण्डारी बताउँछन् । सूर्यगढी समुद्री सतहबाट एक हजार ६ सय ७३ मिटर उचाइमा पर्छ । यो गढी रहेको डाँडाको उत्तरतर्फ सीधा पारिपट्टि धैबुङको अग्लो डाँडा(रसुवा) पर्छ । दुवै डाँडाको बिचभागबाट गहिरो खोँच भएर बग्ने फलाखु (बेत्रावती नदी)ले नुवाकोट र रसुवाको सिमानाको काम गरेको छ । यो गढी रहेको स्थल रमणीय छ । सूर्यगढी गाउँपालिका पहाडी भेगमा तथा नदी किनारको थोरै भाग बेँसीटार पर्छ, जहाँ केही न्यानो हावापानी पाइन्छ । माथिल्लो भागमा मझौला हावापानी अर्थात् समशीतोष्ण हावापानी पाइन्छ । छ–सात सय मिटरभन्दा माथिको अधिकांश भू–भागमा जाडोमा पनि धेरै जाडो नहुने र गर्मीमा धेरै गर्मी नहुने रम्य हावापानी पाइन्छ । यस भागमा जाडो याममा पनि हुस्सु÷कुहिरो लाग्दैन । दिनभर पारिलो घामले न्यानो बनाउँछ । वर्षा याममा पनि यहाँ ठुलो बाढीपहिराको प्रकोपले सताउँदैन, बाह्रै महिना आवत–जावत गर्न कुनै अवरोध हुँदैन । सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ ऐतिहासिक गढीहरूको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्य बनाउने योजना रहेको बताउँछन् । ‘हामीले सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ । पर्यटन पूर्वाधार जस्तै बाटो, पाटी, सत्तल आदि बनाउन आश्वासन पनि प्राप्त भएको छ,’ उनले भने । नुवाकोटलाई सुरक्षित आधार तयार पार्नका लागि फलाखु खोलावरिपरिको किल्ला मजबुत बनाउने क्रममा नेपाली सेनाले चोकदे–गेर्खुको डाँडाभरि बलिया गढी बनाएको तत्कालीन सूर्यगढी क्याम्पसका प्रमुख तथा बागेश्वरी माविका पूर्वप्रधानाध्यापक भण्डारीले जानकारी दिए । उनका अनुसार सोहीक्रममा वि.सं. १८४९ मा नेपाल–चीन, तिब्बत युद्धका बखत नेपाली सेनाले सूर्यगढीको निर्माण र प्रयोग गरेको थियो जसको जगको केही अवशेष अझै देख्न सकिन्छ । घामको पहिलो किरण पर्ने ‘सूर्य झुल्कने गढी’को लम्बाइ ६६ फिट (पूर्व–पश्चिम), चौडाइ २६ फिट (उत्तर–दक्षिण),उचाइ आठ फिटभन्दा अग्लो, बिचको चौडाइ २४ फिट (उत्तरदक्षिण), पर्खालको मोटाइ ६ फिट थियो । २० फिटका दूरीमा भान्छा थियो जसको लम्बाइ ३६ फिट र चौडाइ आठ फिट थियो । यो गढी रहेको टाकुराको भाग वरिपरि मोटो पर्खाल लगाइएको थियो जसको दुई–दुई फिटका अन्तरमा करिब चार इन्च जतिको प्वाल थियो र त्यसबाट बन्दुकको नाल छिराउन सकिन्थ्यो । त्यस्ता प्वाल करिब ३६ वटा जति थिए र धेरै उत्तरतिर थिए, जसबाट पारिपट्टि धैबुङमा चिनियाँ फौजको चहलपहल छर्लङ्ग देखिन्थ्यो । गढीभित्रको गतिविधि भने पारिबाट चिनियाँले देख्दैनथे ।वि.सं. २०४०/०४१ सम्म यो गढीको पर्खाल केही थियो । वि.सं. २०२१ मा लामा गुफा बस्ने ठाउँ बनाउँदा गढीको पर्खालका वरपर छरिएर रहेका ढुङ्गा गढीको पर्खालमा थपिएका थिए । डाँडाका टुप्पामा सितिमिति मानिस जाँदैनथे । सूर्यगढीको थाप्लो एक छेउबाट अर्को छेउसम्म सर्लक्क परेको र भुइँमा घाँस हुनाले आकर्षक देखिन्थ्यो । सत्तरीको दशकमा त्यहाँ गरिएका निर्माणले थाप्लाको आकृति यथास्थितिमा रहन सकेन । डाँडाका टुप्पामा थुप्रै साना थुम्काथुम्की छन् । यो गढीदेखि साढे दुई किलोमिटरजति पूर्व बोहरे भञ्ज्याङ र करिब सात–आठ सय मिटर पश्चिम बागेश्वरी भञ्ज्याङ छ । यस शृङ्खलामा सूर्यगढीदेखि पश्चिमपट्टि क्रमशः चन्द्रगढी, गेर्खुगढी, जितगढी, दुधेगढी गरी अरू चार गढी छन् । यहाँ पुग्न काठमाडौँदेखि मोटरबाटोको दूरी ८५ किलोमिटर र सदरमुकाम विदुरदेखि भने १७ किलोमिटर छ । बेइयानको पुस्तकमा उल्लेख भएअनुसार वि.सं. १८४९ मा भदौ ८ देखि युद्ध सुरु भएको ठाउँ चोकदे–गेर्खुडाँडाको उत्तरी मोहडा पहिल्याउन सघाउ पुगेको छ । चोकदे–गेर्खुमा प्रतिरक्षामा तैनाथ नेपाली फौजलाई सो पर्वत शृङ्खलाले ड्याम्मै छेकिदियो । पारि धैबुङबाट चिनियाँ फौजले नेपाली फौजको गतिविधिबारे केही चाल पाउँदैनथे । यहाँको भूस्वरूपले चिनियाँ फौजलाई प्रतिकूल र नेपाली फौजलाई अनुकूल अवस्थामा बदल्न मद्दत पु¥यायो । आधुनिक विकास निर्माणले हाम्रा मौलिक संस्कृति लोप हुने क्रम बढ्दै गएको छ । यस परिस्थितिमा यहाँका गढीका पर्खाल पनि बिग्रँदै गए । सूर्यगढीमा तैनाथ सैनिक २४ सै घन्टा चनाखो भएर पारिको चिनियाँ फौजको गतिविधि चियो गरी होसियारीपूर्वक बस्थे । दामोदर पाँडेको नेतृत्वमा सेनाका पाँच कम्पनी चोकदेमा प्रतिरक्षा स्थितिमा तैनाथ थिए । काजी दामोदर, सरदार प्रबल राना, सरदार पारथ भण्डारी र सुब्बा जोरवर बोगटी पाँच कम्पनी पल्टन लिई चोकदेमा ेरा दिई बसेका थिए । युद्धताका सो गढीमा साउनदेखि कात्तिकसम्म नेपाली सेना तैनाथ थिए । सुरुका दिन बेत्रावती पुल तरी तीन दिशातिर आक्रमण गर्न आएका चिनियाँ फौजमध्ये बागेश्वरी भञ्ज्याङ र सूर्यगढीतर्फ आक्रमण गर्न आएका एक हिस्साविरुद्ध सूर्यगढी–चन्द्रगढी डाँडाको वारपार धेरै माथिबाट चिनियाँ फौजविरुद्ध दामोदरको नेतृत्वको नेपाली फौजले अकस्मात् भयानक आक्रमण गर्दा उनीहरू भागेको इतिहासमा उल्लेख छ । चोकदे (सूर्यगढी)–गेर्खु (दुधेगढी) का उत्तरी पाखामा भएको त्यस युद्धमा चिनियाँ फौज पूरै पराजित भयो । सूर्यगढीबाट पारिपट्टि धैबुङमा रहेका चिनियाँ फौजको गतिविधि चियो गर्ने, सूचना सञ्चार गर्ने, कुवापानी महभिरतर्फका वनका ठाउँठाउँमा राखिएका सेना र चोकदे शिविरमा बसेका फौजका बिच खबर सञ्चार गर्ने कार्य भएको थियो । दामोदरको नेतृत्वमा चोकदेमा रहेका फौज बेलाबखत फलाखुपारि धैबुङ, बेत्रावतीमा दुस्मनमाथि सफल आक्रमण गरी यही सुरक्षित किल्लामा आएर बस्ने गरेको भनाइ पनि छ ।यो चीन–तिब्बतको संयुक्त फौजलाई जस्तोसुकै मूल्य चुकाएर पनि रोकिछाड्ने अभिप्रायले ढालयुक्त पहाडका टुप्पामा युद्धका बखत नेपाली फौजले निर्माण गरेको गढी हो । जुन दामोदरको नेतृत्वमा चीन–तिब्बतको संयुक्त फौजसँग भीषण लडाइँ गरी खेदेको ठाउँ पनि हो । चीनको भीमकाय संयुक्त फौज युद्धमा पराजित भयो जसले गर्दा नेपालसँग चीन बेत्रावती सन्धि गर्न बाध्य भयो । यसले नेपाल र चीनबिचको सम्बन्धलाई झनै निकट बनायो । वि.सं. १८४९ देखि एक सय १५ वर्षसम्म उपहार आदान–प्रदान गर्ने परम्परा सुरु भयो । नेपाल र चीनबिच कूटनीतिका साथै सांस्कृतिक सम्बन्ध रहन गयो । यति महत्वपूर्ण ठाउँको केही वर्षयता खोज, अध्ययनका साथै पुनर्निर्माण प्रयास हुँदै आएको पनि छ । नेपाली सेनाले गढी किल्लाको संरक्षण गर्न चासो देखाएको छ । नुवाकोटमा तैनाथश्रीनाथ गणका गणपति प्रमुख सेनानी विष्णु कार्कीले विगतमा पनि गढी, किल्लाको संरक्षण गरिएको र अहिले पनि केन्द्रसँग समन्वय र स्थानीयवासीसँग सल्लाह गरी संरक्षणका लागि खाका तयार गरिने जनाएका थिए । नेपाल सरकार, पुरातत्व विभागसँग समन्वय गरेर नेपाली सेनाको उपत्यका कमान्ड टोलीले सूर्यगढी संरक्षण गर्ने गुरुयोजना तयार गरेको छ । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक, भौगोलिक एवम् प्राकृतिक तथा देशभक्ति र वीरगाथाले भरिएको सो स्थलमा पर्यटन विकासको प्रचुर सम्भावना छ । तथापि, पूर्वाधार योजना र स्रोतको भने खाँचो छ । सूर्यगढी– ३ का वडाध्यक्ष पिङ्गलबहादुर थापामगर पनि वडाका गढीहरूको प्रचारप्रसार वडा तहले गरेर पर्यटक भित्र्याइने बताउँछन् । यहाँबाट नुवाकोटको साततले दरबार १० किलोमिटरको दूरीमा अवस्थित छ । मुख्य कुरा गढीलाई पहिलेकै स्वरूपमा ढालेर जीर्णोद्धार हुन सकेको छैन, तर यसको पश्चिम मोहडा बागेश्वरी भञ्ज्याङको मोटरबाटोदेखि बागेश्वरी मन्दिर भई चारैतिरको दृश्यावलोकन गर्दै उकालो चढ्ने सिँढी भने बनेको छ

Previous Post

न्याय नपाए कहाँ जाने ?

Next Post

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

Next Post
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.