सार्थक ब्यूरो ।निर्वाचन आयोगले भोलि आइतबार हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने वडामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई आफूले रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले अनुरोध गरेको छ ।
आयोगकी प्रवक्ता नीता पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न अनुरोध गरिएको छ ।
मतदातालाई सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा पनि मतदानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्र बाहेक निर्वाचन सुरक्षामा असर नपर्नेगरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत गरिएको आयोगले जनाएको छ ।
साथै, मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक विदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । ुमतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन, मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नेरगराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षक लगायत सबै सरोकारवालाको सहयोग हुनेछ भन्ने आयोगले विश्वास लिएको छ,ु विज्ञप्तिमा भनिएको छ । मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाध रूपमा सम्पन्न गर्न आयोगले सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।
















Discussion about this post