सार्थक ब्यूरो। मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरूद्व मुद्वा नचलाउने सरकारी वकिल कार्यालको निर्णय सर्वोच्च अदालतबाट पनि सदर भएको छ ।
सरकारी वकिलको कार्यालयले अधिकारीमाथि मुद्दा चलाउनु नपर्ने निेर्णय गरेपछि वरिष्ठ अधिवक्त दिनेश त्रिपाठी सर्वोच्च अदालतल पुगेका थिए ।सुरूमा सर्वोच्च प्रशासनले उनले दायर गरेको रिट दरपिठ गरिदिएको थियो । त्यसपछि उनले इजलासमा नै निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारी वकिलको कार्यालयकै निर्णय सदर गरिदिएको हो ।यो सँगै अब अधिकारीमाथि मुद्दा चल्ने बाटो सकिएको छ ।


















Discussion about this post