चीन भ्रमणबाट उपलब्धि भयो, अब भारत जान्छु  : प्रधानमन्त्री

 

 

सार्थक ब्यूरो । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको बताउँदै अबको केही समयपछि भारत जाने बताएका छन् । झापाको दमक नगरपालिका– ३, दापगाछीस्थित दमक दमकको भ्यु टावर ९व्यापारिक कम्प्लेक्स० को आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे अवगत गराएका हुन् ।
उनले विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा समेत गरे । उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगी जस्तो नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित