छाला जुत्ता उद्योग स्थापनाका लागि २५ लाख अनुदान दिइने

 

सार्थक ब्यूरो । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले छाला जुत्ता उद्योग स्थापनाका लागि अनुदान दिने भएको छ । सुुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमा उद्योग स्थापनाका लागि २५ लाख अनुदान विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा छाला जुत्ता उद्योगलाई अनुदान घरेलु तथा साना उद्योग कार्यालयमा यो नयाँ कार्यक्रम आएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमन्त बहादुर सिहले छाला जुत्ता उद्योगलाई अनुदान कार्यक्रम पहिलो पटक आएको बताए । ‘यो कार्यक्रम नयाँ हो, परम्परागत सीपलाई व्यवसायीकरणमा टेवा पुगाउन उद्योग स्थापनाका लागि अनुदान दिन लागिएको हो’ कार्यालय प्रमुख सिहले भने ।
अनुदानका लागि कार्यालयले कार्यविधि बनाएपछि वितरण प्रक्रिया अघि बढाउने भएको छ । कार्यविधि बनाएपछि सार्वजनिक सूचना आव्हान गरी प्रस्तावना मागेर अनुदान वितरण प्रक्रिया अघि बढाइने कार्यालयका लेखा अधिकृत जयराज पाण्डेयले बताए । ‘अनुदान वितरण कार्यविधि बनाएर प्रक्रियामा जान्छौ’ लेखा अधिकृत पाण्डेयले भने ।
कञ्चनपुरमा हालसम्म ११ हजार घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये आधा उद्योग मात्रै सञ्चालनमा छन् । ती उद्योगमा सेवा मुलक, कृषि, बाणिज्य र उत्पादन मुलक छन् ।
पछिल्लो समय कार्यालयमा उद्योग दर्ता क्रम घटेको छ । ५ करोडसम्म पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने गरेका छन् ।
यसैगरी कार्यालयले यस वर्ष पनि प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिएको छ । यस वर्ष प्रविधि हस्तान्तरणका लागि सात लाख बजेट विनियोजन गरिएको छ । गत वर्ष यो बजेट १० लाख थियो ।प्रविधि हस्तान्तरण अन्र्तगत कार्यालयले उद्योगले माग गरेको प्रविधि उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित