नेपाल पत्रकार महासङ्घको निर्वाचनमा निर्मला समूहको पक्षमा अधिकांश पूर्व सभापति

 

सार्थक ब्यूरो । नेपाल पत्रकार महासङ्घको मङ्सिर २८ गते हुने निर्वाचनमा अधिकांश पूर्व सभापतिहरू प्रेस चौतारी र प्रेस युनियनले समर्थन गरेको निर्मला शर्मा समूहको साझा प्यानलको पक्षमा खुल्ला उत्रिएका छन् । आइतबार राजधानीमा आयोजित साझा समूहको उम्मेदवार परिचय कार्यक्रममा अधिकांश पूर्व सभापतिको समर्थन रहेको जानकारी दिइयो। कार्यक्रममा पूर्व सभापतिहरू परिचय कार्यक्रमको मञ्चमा नै देखिएका थिए। निर्मला शर्माको समूहलाई समर्थन गर्दै महासङ्घका पूर्व सभापति सुरेश आचार्य, महेन्द्र विष्ट, विपुल पोखरेले लगायत भने कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा पूर्व सभापति तारानाथ दाहाल पनि सहभागी हुने भएकोले केही समय ढिला भएको जानकारी दिइएको थियो। कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्याशी निर्मला शर्माले पूर्व सभापतिहरू विष्णु निस्ठुरी र शिव गाउँलेको पनि समर्थन र सहयोग आफ्नो समूहलाई भएको जानकारी दिनुभयो।कार्यक्रममा पूर्व सभापति धर्मेन्द्र झाको पनि सर्थन रहे पनि उहाँ पदीय हिसाबले सहभागी नहुनु भएको बताइएको थियो। परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आफू तीस वर्ष देखि लगातार पत्रकारितामा क्रियाशील रहेको र यस पटक समावेशी नेतृत्व(महिला) अध्यक्ष हुने अवसर आएकोमा खुसी प्रकट गर्नू भयो। कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष शिव लम्सालले यस पटक इमानदारीताका साथ संयुक्त समूहलाई जिताउन अपिल गर्नुभएको थियो।

उम्मेदवारहरुको नामावली

अध्यक्ष निर्मला शर्मा ,बरिष्ठ उपाध्यक्ष दीपक आचार्य ,महिला उपाध्यक्ष नितु पण्डित ,समावेशी उपाध्यक्ष उमिद प्रसाद बागचन्द ,महासचिव रामप्रसाद दाहाल ,सचिव खुल्ला रमेश खतिवडा
सचिव महिला सोनी शर्मा ,सचिज आदीवासी जनजाती सविन प्रियासन ,सचिव मधेशी अशोक कुमार तिवारी ,सचिव दलित प्रकाश थौलाकोटी ,सचिव एसोसिएट बैकुण्ठराज पराजुली
कोषाध्यक्ष रामकृष्ण ज्ञवाली ,खुल्ला सदस्य ,छविलाल तिवार ,भूपेन्द्र आचार्य ,मुकुन्द प्रसाद भण्डारी ,रामेश्वर कार्की ,लवदेव ढुंगानाकोशी प्रदेश सदस्य कमलमणि रिजाल ,शंकर खरेलमधेस प्रदेश सदस्य राजेश कर्णअच्युतम् कुमार सापकोट ,वागमती प्रदेश सदस्य नवराज पथिक,नारायण अधिकारी ,गण्डकी प्रदेश सदस्य केवि राना,कृष्ण केसी ,लुम्बिनि प्रदेश सदस्य रामराज पोखरेल,विकास बन्जाडे ,कर्णाली प्रदेश सदस्य तुलाराम पाण्डे, नगेन्द्र प्रसाद उपाध्याय,सूदूरपश्चिम प्रदेश सदस्य योगेन्द्र वहादुर रावल, सुरेश पन्तउपत्यका प्रदेश सदस्य विनोद प्रसाद चौलागाई, पुस्करराज बुढाथोकी ,प्रतिष्ठान प्रदेश सदस्य नरेन्द्र मानन्धर, सविता शर्मा ,संस्थागत सदस्य ९एशोसिएट सदस्य० पवित्रा मुडभरी, मुक्तिवावु रेग्मी
महिला सदस्य ,मधेसी रुवि कुमारी रौनियार ,आदिवासी माला मालुङ्वाखस आर्य लिला शाह योगी ,दलित निर्विरोधदलित सदस्य सिकेन्द्र पासवन ,दलित सदस्य महिला निर्विरोध ,आदिवासी जनजाति सदस्य भरत जर्घामगर,आदिवासी जनजाति महिला निर्विरोध,मधेसी सदस्य राज करण महातो ,मधेसी महिला सदस्य ललिता शाह ,अपाङ्गता भएका सदस्य भूपराज बस्याल ,अल्पसंख्यक सदस्य लक्ष्मण थामी,लेखा समिति सदस्य केशव प्रसाद वोहरालेखा समिति सदस्य (महिला) रुक्मिणी पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित