बाजुरामा जीप दुर्घटना दुई महिलाको मृत्यु

 

सार्थक ब्यूरो । बाजुरा सदरमुकाम मार्तडी स्कारपियो जिप दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३१ वर्षीया गायत्री पन्तको मृत्यु भएको हो । मृतक पन्त कञ्चनपुरकी हुन् ।भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको पनि मृत्यु भएको छ । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन् ।
बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट छन् घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । आइततबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो । जिप कोल्टीदेखि मार्तडी गइरहेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित