जलवायु परिवर्तनको असर विभिन्न स्वरुपमा देखिन थालेको विज्ञको भनाइ

सार्थक ब्यूरो ।जलवायु परिवर्तनका कारण जनजिवनमा विभिन्न किसिमका असर देखिन थालेका छन् । बेमौसमी बर्षाको कारण देशभर जनधनको क्षति भएको छ भने पछिल्ला केही बर्ष यता मौसम प्रतिकुल हुने, उत्पादन घट्ने, नदीनाला सुक्ने जस्ता समस्या बढेका छन् । विज्ञहरुले यसलाई जलवायु परिवर्तनको असरको कारण भएको बताउन थालेका छन् । मौसम पूर्वानुमान महाशाखाले गत असोज २५ गते नेपालबाट यो वर्षको मनसुन बाहिरिएको घोषणा गरेको थियो । तर एक हप्तापछि देशभर भएको वर्षाले जनधनको ठूलो क्षती ग¥यो । कैलाली अत्तरियाका ७० वर्षका गीतराज भट्ट कात्तिक महिनामा बाढी नै आउने गरि ठूलो वर्षा भएको आफुलाई यस भन्दा अघि थाहा नभएको बताउनुहुन्छ । मौसमविद्ले सामान्यतया जेठ अन्तिम देखि असोज महिनाभरलाइ वर्षातको समय भन्छन् । यो समय सकिएपछि मौसम खुल्न थाल्छ । तर केही वर्षयता हिमालमा हिउँ पर्ने क्रम पनि कम भएको सोलुखुम्बुको थुक्लाका छिरिङ लाक्पा शेर्पाले बताउनुभयो । जलवायु परिवर्तनको असरले तराई देखि हिमाल सम्मको जनजीवनमा असर पारेको छ । तापक्रम बढ्दै जानु, पानी पर्ने तरिकामा परिवर्तन आउँनु, हिउँ पग्लिएर हिमताल बन्न थाल्नु, आगलागिका घटना बढ्नु लगायत परिवर्तन जलवायुको असर भएको विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित