सार्थक ब्यूरो ।नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषाको संयुक्त आयोजनामा जनकपुरधाममा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था र यात्री सहायता परामर्श केन्द्र स्थापना गरिएको हो ।शिविरको दोस्रो दिनसम्म करिब २५ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका संस्थाका अध्यक्ष डा. राजीव झाले जानकारी दिए ।
उनका अनुसार नेपाल-भारत खुला सीमाका कारण भारतको विहार उत्तर प्रदेश पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरू राम-जानकी विवाह हेर्न आउने गरेको छन् ।
खुला सीमा र नेपाल-भारत मैत्री सम्बन्धका आधार स्तम्भका कारण शिविरमा आउने गरेको यात्रीहरूले बताएका छन्
शिविर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने र त्यसपछि यात्री विश्राम स्थलमा परिवर्तन गरिने आयोजकले जनाएको छ ।
शिविरमा डा. अजय मिश्र, डा. उदय झा, सिनियर अहेव दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादवलगायतका स्वास्थ्यकर्मीहरूले निस्शुल्क सेवा प्रदान गरिरहेका छन् ।
जसपा नेता तथा प्रदेशसभा सदस्य मनीष सुमन, जिसस प्रमुख रामनन्दन मण्डलले संस्थाले गरेको कामको प्रशंसा गर्दै समाज सेवाको पहललाई प्रेरणादायी रहेको बताए ।
यस्तै, प्रमोद चौधरी, डा. वीरेन्द्रलाल कर्ण, प्राध्यापक देवेन्द्र झालगायतले समूहले गरेको कामको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।
शिविरमा नेपाल–भारत खुला सीमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, धनेश्वर ठाकुर, मनीष ठाकुर, कृष्णकुमार साह र क्लोथ बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनीष श्रीओम, कार्यक्रम संयोजक रञ्जित झा, खुश्बु साह, नन्दकुमार झालगायतको उपस्थिति रहेको प्रवक्ता प्रमोद साह रङ्गीले जानकारी दिए ।यो शिविरले विवाह पञ्चमी महोत्सवमा सहभागी तीर्थयात्रीहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ।


















Discussion about this post