सांसद भगबती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा विशेष सम्मान

 

सार्थक ब्यूरो । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियन्ता सांसद भगबती चौधरी सम्मानीत भएकीे छिन् ।बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्रीसमेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानीत गरिएको बताइएको छ । सांसद चौधरीलाई मंसिर १७ गते ९२ डिसेम्बर० मा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
सम्मानीत भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफुले समाज रुपान्तरण र महिला उत्थानमा अग्रसर भएको बताईन । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवद्र्धनमा आफु सदैव सक्रिय भएर अगाडि बढ्ने बताउँदै सम्मानित हुन पाउँदा गौरवान्तिक भएको बताए ।
२०७२ सालको संविधानले सबै खाले विभेदहरुको अन्त्य गरेको भएपनि समाजमा विभेदहरु रहेको गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकीर गरे । ‘नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भएपनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरु छन् । परम्परागत, सांस्कृतिक विभेदहरु छन् । महिलाहरु आर्थिक क्षेत्रमा पछाडी परेका छन् । ती सबै विभेदहरुको अन्त्यको लागि सबैले आ–आफ्नो स्थानबाट काम गर्नुपर्छ ।’ मन्त्री चौधरीले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि राजनीति र समाजसेवा मार्फत समाज रुपान्तरण र आर्थिक सशक्तिकरणमा लागि रहने प्रतिबद्धता व्यब्m गरे ।
महिला आर्थिक सशक्तिकरणकी अभियन्तासमेत रहेकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रुपमा रहेर संविधान लेखनमा योगदान पुर्याएको छ । ३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तिकरण, समाजसेवा गर्दै आइरहेकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुन् । उनले ग्रामिण महिला उत्सुकता विकास मञ्च ९फरवार्ड नेपाल० मार्फत गाउँगाउँमा रहेका महिलाहरुलाई सामाजिक, सांस्कृतिक विभेदहरु विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तिकरणमा जोड्न महत्वपूर्ण भूमिका खेलेकी छिन् ।
उनले गरिब, विपन्न र पछाडी परेका महिलाहरुको आर्थिक उन्नतीका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमुलक तालिमलगायतमा काम गर्दै आइरहेको छ । हाल प्रतिनिधि सभा सदस्यका रुपमा संसदमा नेतृ चौधरीले सामाजिक, आर्थिक, वर्गीय विभेद र समतामुलक कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित