कञ्चनपुरमा पत्रकार महासंघको केन्द्रीय र प्रदेश प्रतिनिधि निर्विरोध

 

सार्थक ब्यूरो । कञ्चनपुरमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि परिषद् सदस्य निर्विरोध भएका छन् । महासंघको केन्द्रीय प्रतिनिधि परिषद् सदस्यमा तीन र प्रदेश प्रतिनिधि परिषद् सदस्यमा ८ जना निर्विरोध भएका छन् ।
केन्द्रीय प्रतिनिधि परिषद् सदस्यमा चित्राङ्ग थापा, लक्ष्मण तिवारी र राजेन्द्र नाथ निर्विरोध भएका छन् । यसैगरी प्रदेश प्रतिनिधि परिषद् सदस्यमा हरिशचन्द्र बाग, अनिता लावड, दमन चन्द, भुपाल केसी भास्कर केसी, धु्रवराज अवस्थी, बासुदेब धामी, र अरुण भट्ट निर्विरोध भएका छन् ।
निर्वाचन समितिका अनुसार केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि परिषद् सदस्यमा आवश्यक संख्या अनुसारको उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।
शुक्रबार हुने निर्वाचनका लागि आज कञ्चनपुर पत्रकार महासंघमा उम्मेदवारी दर्ता गरिएको हो । केन्द्रीय समिति, प्रदेश र जिल्ला शाखाको निर्वाचन शुत्रलबार एकै दिन हुन लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित