नेपाल पत्रकार महासंघ बागी उम्मेदवारी दिनेमाथि चौतारी र युनियनको कारबाही

सार्थक ब्यूरो । प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको निर्वाचनमा बागी उम्मेदवारी दिने सदस्यहरूमाथि कारबाही गरेको छ। दुवै सङ्गठनले सहमति अनुसार तय गरिएका साझा उम्मेदवारहरूलाई असर पर्ने गरी उम्मेदवारी दिने नेताहरूलाई कारबाही गरेको छ।
पत्रकार महासङ्घमा वरिष्ठ उपाध्यक्ष रहनु भएका र निर्वाचन गर्न नसकेपछि राजीनामा दिएर हिँड्नु भएका रमेश विष्टसहित २० लाई कारबाही गरेको छ। उनीहरूलाई सङ्गठनको साधारण सदस्यबाट समेत नरहने गरी निष्कासन गरेको छ।
विधान–२०४९(छैटौँ संशोधन–२०७९)को धारा ३४ मा भएको व्यवस्था तथा नेपाल प्रेस युनियन केन्द्रीय सचिवालयको निर्णय अनुसार नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा युनियनको संस्थागत निर्णय विपरीत उम्मेदवारी दर्ता गरेको भन्दै विष्ट सहितलाई कारबाही गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
विष्टसहितलाई प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्न निर्देश गरिन्छ, विज्ञप्तिमा भनिएको छ अन्यथा, अनुशासन उलङ्घन गरी उम्मेदवारी दर्ता गरेका विष्टसहितका नेपाल प्रेस युनियनका सदस्यलाई आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्य समेतबाट चार वर्षका लागि प्रेस युनियनबाट निष्कासन गरिएको गरिएको जानकारी गराइन्छ ।
सार्वजनिक विज्ञप्तिमा विष्टसहित, विकास कार्की, सृजन झा, माधव दुलाल, अमृत बास्तोला, यदुनाथ बन्जरा,मिन बम, राम धामी, डडेलधुरा,राजु खराल,मिनराज गौतम, नारायण खड्का, ध्रुब रावललाई यसरी निष्कासन गरिएको हो ।
त्यसै गरी प्रेस चौतारी नेपालले पनि साझा उम्मेदवारविरुद्ध बागी दिने आफ्ना दुई केन्द्रीय नेतालाई निष्कासन गरेको छ। यसरी निष्कासन गरिएकामा केन्द्रीय सदस्य रुद्र गिरी र मेनुका कुँवर छन् । चौतारीले अन्य तहमा पनि बागी उम्मेदवारी दिने सबैलाई कारबाही गर्न निर्देशन दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित