डडेलधुराको अभिभावकविहीन ९४ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

सार्थक ब्यूरो । डडेलधुराको नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ ।आर्थिक वर्ष २०७४र७५ देखि गाउँपालिकाले भत्ता प्रदान गर्दै आएको हो । पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही एक हजार रुपैयाँ प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ ।
भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धार कोषमार्पmत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित