सार्थक ब्यूरो ।नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी विजयी भएका छन्। धामीले ५८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थी ४६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिए ।
साथै उपाध्यक्ष खुलामा अमरबहादुर चन्द ६६ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्ष महिलातर्फ धर्मा रोकायाले ६४ मत ल्याएर विजयी भइन्। सचिवमा कुन्दन पाण्डेय निर्विरोध निर्वाचित भए । सह–सचिव खुलामा गोकुल जोशीले ५६ मत प्राप्त गरी विजयी हुँदा सह–सचिव समावेशीमा किशोरकुमार तामाङ निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा मोहन बिष्ट ५५ मत ल्याएर विजयी भएका छन् उनका प्रतिस्प्रधि लक्ष्मण पन्तले ५१ मत प्राप्त गरेका छन । सदस्यहरुमा दलित तर्फ धन बहादुर विक जनजाति तर्फ दान सिह् डगौरा थारु विजय भएका छन । खुला सदस्य तर्फ केशव भट्ट, दिनेश राज ओझा, धन बहादुर महता, भवानि दत्त भट्ट, माधव पौडेल, सुजित सिनाल, शुरेस भट्ट र हरि लाल जोशी विजयी भएका छन ।


















Discussion about this post