सार्थक ब्यूरो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको बताउनुभएको छ ।नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८ औँ केन्द्रीय परिषद् बैठकलाई सोमबार संशोधन गर्दै पोखरेलले देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताउनुभयो ।पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उहाँको भनाइ । ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठुला दल प्रति निराशा फैलाउने काम भइरहेको छ’, उहाँले भन्नुभयो ।नेकपा एमालेलाई कसरी सकिन्छ कमजोर बनाउनको लागि विभिन्न खालका भ्रामक प्रचार गरिएका पोखरेलले बताउनुभयो । एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमाले माथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उहाँले बताउनुभयो ।एमालेको विराषदलाई नै समाप्त पार्ने गरी विगतमा भएको षडयन्त्रलाई नेकपा एमालेले परास्त गरी पार्टीलाई रक्षा गरेर अघि बढेको पोखरेलले बताउनुभयो । नेकपा एमाले ठुलो विभाजनका बाबजुद जनताको रोजाइको पहिलो पार्टी बनेको पोखरेलले सुनाउनुभयो ।
आफूलाई राष्ट्रिय आवश्यकतालाई पुरा गर्न सक्ने निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमाले लागेको पोखरेलले बताउनुभयो । ‘यसका लागि हामीले हाम्रो सामर्थ्यलाई बढाउन सक्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।
लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनु पर्ने उहाँको धारणा छ । त्यसको लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभयो । ‘आज जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासन तर्फ जाने कुरामा ध्यान जानु पर्ने छ’, उहाँले भन्नुभयो ।
अहिले सबै क्षेत्रमा सामाजिक अराजकता बढेको बताउँदै उहाँले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताउनुभयो । अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई न खाइदिने पोखरेलको भनाइ छ । ‘यो कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदै दिँदैन, यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।
कांग्रेस(एमाले सकारका लागि मात्र नमिलेका उहाँले स्पष्ट पार्नुभयो । प्रमुख दलहरू एक्ला एक्लै चुनाव लडेर एउटा दलले बहुमतको सरकार बनाउने र अर्को प्रमुख दल प्रतिपक्षमा रहने खालका वातावरण बनाउन अहिलेको सरकार बनेको पोखरेलले स्पष्ट पार्नुभयो ।
संविधान संशोधनको विषय सम्पूर्ण रूपमा खुल्ला गर्न नखोजिएको उहाँले बताउनुभयो । आन्तरिक छलफलबाट संशोधन गर्नुपर्ने विषयमा मात्र छलफल हुने र सोही अनुसार संविधान संशोधन हुने पोखरेलले स्पष्ट पार्नुभयो । ‘आवश्यक परेको उचित समयमा हामी निष्कर्ष निकाल्छौँ, यस कुरामा हामी सचेत छौँ’, पोखरेलले भन्नुभयो ।
समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएको उहाँले स्पष्ट पार्नुभयो । यो विषय राष्ट्रको विषय भएको पोखरेलले बताउनुभयो ।देशका ठुला राजनीतिक दल मिलेर अहिलेको सरकार बनेकोले दुई दलले चाहँदासम्म कसैले चाहेर यो सरका नढल्ने पोखरेलले बताउनुभयो । यो कुरा बुझेर नडराई काम गर्न उहाँले कर्मचारीलाई आग्रह गर्नुभयो ।


















Discussion about this post