सार्थक ब्यूरो । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाइ ४४ मतको अन्तरले हराउँदै विजयी भएकी हुन् ।
४ सय १२ मतमध्ये मलासीले २ सय १५ मत प्राप्त गरेकी थिइन् भने मल्लले १७१ मत ल्याएका थिए । मलासी नेकपा एमालेका नेता भीम रावल निकट मानिन्छन् भने मल्ल केपी ओली निकट नेताका रूपमा चिनिन्छन् । त्यस्तै उपाध्यक्ष पदमा खगेन्द्र बडैला विजयी भएका छन् । उनले १११ मत प्राप्त गर्दै सबै प्रतिस्पर्धीलाई पछि परेका छन्। यो पदका लागि गणेश विष्टले १ सय ७, लक्ष्मण मलासी ९७, र चक्रबहादुर घर्ती ५८ मत प्राप्त गरेका छन् ।
सचिव पदमा मलासी प्यानलका उम्मेदवार पदमबहादुर भट्टले २३७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी धन बहादुर नेपालीले ११९ मत प्राप्त गरे भने झलक पालीले ६८ मत मात्र पाएका छन् । ९खुला० पदमा मञ्जु प्यानलका डम्मर डौडीले १५२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् ।
मल्ल प्यानलका बमबहादुर बमले १२३ मत प्राप्त गरे भने कृष्णकुमार खडका ६७ र कृष्ण दर्लामी ३४ मतमा सीमित बन्न पुगेका छन् ।
उपसचिव (समावेशी) पदमा मञ्जु प्यानलकी विस्ना सिंहले २ सय ८ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी ससी सोपले १४६ मत प्राप्त गरेकी छन् । अध्यक्ष, उपसचिव (खुला) र उपसचिव (समावेशी)मा मञ्जु प्यानलका उम्मेदवारहरूले जित हाासिल गरेका छन्। सचिव पदमा पनि मलासी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।


















Discussion about this post