ब्रह्मदेबको सिद्धनाथ मन्दिर संरक्षण समितिको १७ औं कार्य समिति निर्वाचनका लागि उम्मेदवारी दर्ता

सार्थक ब्यूरो । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिको पुस ९ गते हुने १७ औं कार्य समिति निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको छ । निर्वाचन समितिका अनुसार कार्य समितिको पदाधिकारी र सदस्यमा १८ जनाले उम्मेदवारी दिएका छन् ।समितिको अध्यक्षमा केशव सिह नायक र बीर बहादुर खड्का बनेका छन् । राजमति पाल, हेमराज भट्ट र यज्ञराज नाथले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । समितिको सचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् । सचिवमा मोति सिह महता, मोती सिह बुढा र केशव नाथ योगी उम्मेदवार छन् ।
कोषाध्यक्षमा करन सिह पाल र किसन नाथ उम्मेदवार छन् । कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा गणेश सिह महताले फिर्ता लिएपछि पाल र नाथ प्रतिस्पर्धी भएका हुन् । सह सचिवमा करन सिह कार्की र राधा महता भाट उम्मेदवार भएका छन् ।
समितिको ६ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार सदस्यमा इन्द्र सिह धामी, निर्मला जोशी पाल, शंकर सिह विष्ट, दल बहादुर रोकामगर, राज बहादुर बुढा, प्रेम सिह नायक, उमादेबी भण्डारी र धनीराम कोली उम्मेदवार भएका छन् ।मन्दिर संरक्षण समितिका वर्तमान अध्यक्ष नारायण सिह महताका अनुसार निर्वाचनमा ९ सय २८ जनाले मतदान गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित