रुसले बनायो क्यान्सरविरुद्धको खोप : कति प्रभावकारी

 

सार्थक ब्यूरो । रुसले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको हो । सो खोप रुसले आफ्ना देशमा भएका क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।मन्त्रालयका रेडियोलोजी मेडिकल रिसर्च सेन्टर प्रमुख एन्ड्रे काप्रिनका अनुसार क्यान्सरविरुद्धको यो खोप सन् २०२५ देखि प्रारम्भ हुन्छ ।खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ ।
यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ । यो खोप ‘एमआरएन’ प्रविधिमा आधारित पहिलो खोप भएको बताइएको छ ।क्यान्सरविरुद्धको खोप विकास भइसकेको भए पनि यो कुन क्यान्सरको उपचारका लागि बनाइएको हो र कतिको प्रभावकारी छ भन्ने स्पष्ट छैन ।
खोपको नाम पनि खुलाइएको छैन । क्यान्सर रोग विशेषज्ञ डा।।सुजिता हिराचनले विभिन्न देशले नयाँ–नयाँ औषधी बनाइरहेको बताउँदै पछिल्लो समयमा रुसमा खोप बनाएको विषयमा आफूलाई थाहा नभएको बताउनुभयो ।उहाँ विश्वमा विभिन्न क्यान्सर उपचार गर्न नयाँ–नयाँ प्रविधि उपकरण, औषधीको विकास भएको विश्व स्वास्थ्य सङ्गठनले प्रयोगका लागि सिफारिस गरेपछि मात्र प्रयोग गर्न मिल्ने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “धेरै देशहरुले विभिन्न थरीका उपकरण औषधीको विकास गरेका छन् विभिन्न कम्पनीले किमो थेरापीमा प्रयोग गर्ने औषधीको निर्माण गरेका छन् । हालसम्म विकास भएका औषधी शल्यक्रिया गरेपछि मात्र दिन मिल्छ ।क्यान्सर विश्वभर नै मृत्युको पहिलो कारक तत्व हो । नेपालमा पनि क्यान्सर रोगका बिरामी बढ्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित