शेखर भन्छन्– सभापति देउवासँग कुनै दूरी छैन

सार्थक ब्यूरो । १५ औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका नेपाली कांग्रेस नेता डा। शेखर कोइरालाले देश दौडाहा सुरु गरेका छन् । १८ मंसिरमा विराटनगरमा कोशी प्रदेशभित्रका नगर सभापतिहरूको भेला राखेका कोइराला पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमको यात्रामा शुक्रबार आएका छन्
सुदूरपश्चिमबाट महाधिवेशन केन्द्रीत हुँदै शेखरजिल्ला दौडाहामा निस्किएका कोइराला महाधिवेशन केन्द्रित हुन थालेका छन् । कोइरालाले सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । कोइराला ६ पुस गते शनिबार नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिमको धनगढीमा हुने पहिलो प्रदेश अधिवेशनमा सहभागी हुनेछन् ।
उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ । त्यसको एकदिन अघि कोइरालाले जिल्लागत भेटघाट गरेका छन् । कोइरालाले शुक्रबार प्रदेशका नौ जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट गरे । प्रदेशका प्रत्येक जिल्लाका नेता कार्यकर्तासँग छुट्टाछुट्टै छलफल गरेपछि अभियानलाई जिल्ला तहमै सुरु गर्न कोइरालाले आह्वान गरेको सचिवालयले जनाएको छ । शनिबार बिहान कोइरालाले भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम पनि छ ।
१५ औं महाधिवेशनमार्फत सभापतिको संकेत गर्दै १५ केजीको माला
तीन दिने कार्यक्रमका लागि धनगढी पुगेका नेता कोइरालालाई धनगढी विमानस्थलमा १५ किलोको मालाले स्वागत गरिएको छ । नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको एक समूहले नेता कोइरालालाई १५ किलोको माला लगाएको हो
कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर खड्काले कोइरालालाई अग्रिम सभापतिको शुभकामना स्वरुप १५ किलोको माला लगाइएको बताए ।
सभापति देउवासँग कुनै दूरी छैन
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन् । उनले सभापति सबैको साझा ब्यक्ति भएकाले उनीसँग दूरी रहने कारण नै नरहेको बताए ।
नेता कोइरालाले शुक्रबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै १५ औँ महाधिवेशनका लागि आफू स्वभाविकरुपमा सभापतिको दावेदार रहेको बताए । उनले अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहमा निस्किए पनि महाधिवेशनको तयारी स्वभाविक रहेको बताए ।
त्यसैगरी उनले पार्टी महामन्त्री गगन थापा र आफूबिच कुनै विवाद नरहेको बताउँदै महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढने उल्लेख गरे ।
वर्तमान सरकारका ’दयगतमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताए । ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको छ । अब परिवर्तन हुने कुनै सम्भावना छैन’ उनले भने । वर्तमान सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै नेता कोइरालाले सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै त्यसैका लागि आफूले खबरदारी गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित