सार्थक ब्यूरो ।कैलालीको धनगढीमा अबैध काठसहित ४ जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–१६ भादाको श्री गणेश सामुदायिक वनबाट सोही ठाउँ बस्ने ३० वर्षीय अयोध्या प्रशाद चौधरी, ३० वर्षकै रामबहादुर साउँद, ४५ वर्षीय राम कुमार चौधरी र ५० वर्षीय धनीराम चौधरी पक्राउ परेका हुन्।
चारै जनालाई गोरू गाडा ९डल्लब०मा काठ लोड गरी रहेको अबस्थामा साल जातको काठको गोलिया थान–३ ९३२ क्युफिट० अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले आइतवार फेला पारी नियन्त्रणमा लिएको हो। उक्त काठसहित गोरु गाडा र चारैलाई आवश्यक कारवाहीको लागि सव वन डिभिजन कार्यालय फुलवारीलाई बुझाएको प्रहरीले जनाएको छ।


















Discussion about this post