तटबन्ध निर्माण गर्ने विषयमा नेपाल भारत पक्षबिच विवाद

सार्थक ब्यूरो । दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माण गर्न विषयमा नेपाल र भारतीय पक्षबिच विवाद भएको छ । दार्चुला सदरमुकाम क्षेत्रमा भारतीय पक्षले नेपालतर्फ महाकालीको धार फर्काउन लाग्दा विवाद भएको हो ।
भारतीय पक्षले दार्चुला सदरमुकामको गल्फै क्षेत्रमा नदी नेपालतर्फ फर्काएको छ भने नेपालतर्फको श्रीबगर क्षेत्रमा तटबन्ध निर्माण गर्न अवरोध गर्दै आएको छ ।
भारतीय पक्षले श्रीबगर क्षेत्रमा काम रोकेपछि नेपाली पक्षले गल्फै क्षेत्रमा भारतीय पक्षको कामलाई अवरोध पुगाएका छन् । नदी डाइभर्सन गर्न प्रयोग भएको भारतीय एक्स्काभेटर नेपाली भूमिमा प्रवेश गरेको छ ।
भारतीय पक्षले नेपाली भूभाग भारततर्फ पर्ने गरी तटबन्ध निर्माण र नदी डाइभर्सन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । आइतबार दार्चुला सदरमुकाम खल्फैस्थित महाकाली नदी बगरमा भारतीय एक्स्काभेटर प्रवेश गरेको हो । महाकाली नदीमा तटबन्ध गरिरहेको भारतले नदीको धार नेपालतर्फ फर्काउन केही दिनदेखि काम गरिरहेको थियो ।नेपाली सर्वसाधारणले कटान भएको नेपाली भूभागसमेत भारततर्फ पर्ने हिसाबले भारतीय पक्षले तटबन्ध निर्माण र नदी डाइभर्सनको काम गरिरहेको आरोप लगाउँदै आएका थिए ।
दार्चुला सदरमुकामभन्दा माथि श्रीबगर क्षेत्रमा नेपाललाई तटबन्ध गर्न अबोध गर्दै आएको भारतीय पक्षले गल्फै नजिक भने निर्वाध काम गरिरहेको थियो । २०७० सालको बाढीले कटान गरेको गल्फै क्षेत्रमा नेपाली भूभाग बगरमा परिणत भएको छ । त्यही क्षेत्रमा हाल तटबन्ध गरिरहेको भारतले महाकाली नदी नेपालतर्फ फर्काएर तटबन्धको काम गरिरहेको हो ।एक पक्षीय रुपमा नदी डाइभर्सन गरिरहेको भारतले आइतबार एक्स्काभेट नेपाल प्रवेश गराएको स्थानीयको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित