भीम रावल साधारण सदस्यबाट समेत निष्कासन

 

सार्थक ब्यूरो । नेकपा एमालेले भीम रावललाई साधारण सदस्यबाट समेत निष्कासन गरेको छ। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिना लाई ६ महिनाका लागि निलम्बनको कारबाही गरेको छ ।
व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन एमालेले दान लिएको विषयलाई आलोचना गरेको र त्यसप्रति असहमति जनाउँदै सामाजिक संजालमा उल्लेख गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।
उनीहरूलाई कात्तिक ४ मा स्पष्टीकरण सोधिएको थियो । पाण्डे र तिम्सिनाले कात्तिक १२ मा स्पष्टीकरण दिँदै ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउने निर्णय गलत भएको टिप्पणी गर्नु कारबाहीको विषय नभएको’ बताएका थिए । एमालेमा निष्क्रिय रहेका रावलले भने स्पष्टीकरण नै दिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित