रवि लामिछानेको बयान सुरू

सार्थक ब्यूरो । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।छविलाल जोशी र लिला पछाईँको बयान सकिएपछि रविको बयान सुरू भएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएकाको न्यायाधिश नितिज राईको इजलासमा बयान भइरहेको हो ।
लामिछानेसहित नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङ पनि बयानको लागि अदालत उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित