सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट पारित

सार्थक ब्यूरो । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० पारित गरेको छ । बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिनुभयो ।
बैठकमा समितिका सदस्य उपेन्द्र यादवले सामान्य त्रुटि नराखी सोझै धितोसम्बन्धी भनेर उल्लेख गरिनुपर्ने बताउनुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका समितिका अर्का सदस्य डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय कानुनमा सामान्य त्रुटिको परिभाषा गरिएकाले त्यसै अनुसार यसलाई समाधान गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । समिति सदस्य डा स्वर्णिम वाग्लेले सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानुनमा गरिएकाले विधेयकमा पनि व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
समिति सदस्य ज्ञानबहादुर शाहीले सामान्य त्रुटि भनेको के के हो भन्ने उल्लेख हुनुपर्छ भन्नुभयो । बैठकमा समितिका सदस्यहरु छिरिङडम्गुल लामा, जुलीकुमारी महतो, गङ्गा कार्की, नारायणप्रसाद आचार्यलगायतले सामान्य त्रुटिका विषयलाई मिलाएर विधेयक पारित गरिनुपर्ने सुझाव दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित