जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न

सार्थक ब्यूरो । जम्बुलिङ फिल्मस् प्रा।लीको आयोजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ शनिबार काठमाडौंमा सम्पन्न भएको छ । जम्बुलिङ इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको ग्राण्ड फिनाले द्य।न् द्यबलत्रगभत गंगबु काठमाडौमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री तथा संविधानसभा सदस्य पशुराम तामाङको प्रमुख आतिथ्यता र अवार्डका अध्यक्ष ,जम्बुलिङ फिल्मस् प्रा।लीका प्रमुख सञ्चालक राज किङ वाईबाको अध्यक्षतामा सम्पन्न भएको हो ।
अवार्ड यो भन्दा अगाडिको संस्करणहरु जस्तै यसपटकको संस्करण पनि थाइल्यान्डमा उद्घाटन गरिएको थियोे र शनिबार काठमाडौमा फिनाले सम्पन्न गरेको हो । अवार्ड विभिन्न ३१ विधालाई प्रदान गरिएको छ । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन हाम्रो अभियान’को नारालाई अघि बढाउदै कम्पनीले अवार्ड आयोजना गरेको बताइएको छ । अवार्डको निर्णायक सदस्यहरुमा बरिस्ठ कलाकर्मी पवन वाङ लामा, मित्र डि गुरुङ र रमला पाख्रिन रहेको हो । कार्यक्रम उद्घोषण भने कलाकर्मी, खेलकुदकर्मी साथै सञ्चारकर्मी करण तामाङले गरेका थिए ।
सर्वोत्कृष्ट नेपाली गीत कम्पोजरमा तिमी संगू गीतबाट टीका बोम्जन, सर्वोत्कृष्ट नेपाली म्युजिक भिडियो निर्देशकमा सुस्तरी सुस्तरीू गीतबाट निकेश खड्का, सर्वोत्कृष्ट नेपाली गीत गायक ूलजालु मायालुू गीतबाट उर्गेन दोङ, सर्वोत्कृष्ट छायांकनमा संकम्बरीू गीतबाट नवराज उप्रेती, मोडर्न तथा पप गीत सर्वोत्कृष्ट गायकमा मेरो धट्कनू गीतबाट डाउट राई, नेपाली चलचित्र सर्वोउत्कृष्ट निर्देशकमा दुई नम्बरी चलचित्रबाट दिपेन्द्र लामा, नेपाली गीत सर्वोत्कृष्ट गायिकामा घुमि घुमिू गीतबाट मिङ्स लामा, नेपाली गीत सर्वोत्कृष्ट मोडलमा विजय दोङ, तामाङ सेलो गीतमा सर्वोत्कृष्ट पुरुष मोडलमा टिकाराज तामाङ, तामाङ चलचित्र सर्वोत्कृष्ट अभिनेत्रीमा रञ्जिता ब्लोन, तामाङ सेलो सर्वोत्कृष्ट गायिकामा सुमिना लो, तामाङ सेलो सर्वोत्कृष्ट गायकमा जीभन बोम्जन, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट गायकमा यु।बि मोङग्रेसा, तामाङ सेलो गीत भिडियो सर्वोत्कृष्ट निर्देशकमा देभ दोर्जे लामा, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नव गायिकामा ममता तामाङ, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट महिला मोडलमा सुनिता वाईबा, पुरुष तर्फको सर्वोत्कृष्ट मोडलमा रमेश तामाङ, म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नव गायकमा सुर्य तामाङ, नेपाली चलचित्र सर्वोत्कृष्ट निर्माणमा किरण नेपाली, नेपाली गीत सर्वोत्कृष्ट मिक्सिङका रुपमा डिका गुरुङ, नेपाली गीत सर्वोत्कृष्ट सम्पादनमा जितु तामाङ, गायक नेपफपमा उत्तर लामा, तामाङ चलचित्र सर्वोत्कृष्ट सम्पादनमा विजय दोङ, तामाङ चलचित्र सर्वोत्कृष्ट को९एक्टरमा कुईसाङ रुम्बा, तामाङ चलचित्र सर्वोत्कृष्ट कलाकारमा प्रबल थिङ, नेपाली गीत सर्वोत्कृष्ट महिला मोडलमा प्रतिज्ञा लामा ९धनमाया लामा०, मोडर्न तथा पप गीतको सर्वोत्कृष्ट डेब्युट मोडलमा अस्कित कार्की, तामाङ सेलो सर्वोत्कृष्ट कम्पोजरमा छेडुप लामा, म्हेन्दोमाया गीतबाट जुरी अवार्ड किर्ती गोम्जा, इनकरेजमेन्ट अवार्ड माया थोकर तामाङ र पब्लिक चोईस अवार्ड सुर्य मम्बा तामाङ, उत्कृष्ट तामाङ फिल्म नायक अमिर दोङ, म्हेन्दोमाया गायिका शान्ती माम्बा, म्हेन्दोमाया गीत छायांकार लोकेन्द्र तामाङ, सह(अभिनेत्री अनिता नेगी तामाङले विजय हासिल गरेका छन् ।
जम्बुलिङ व्यक्तित्व सम्मान २०८१ बाट बरिस्ठ कलाकर्मी तथा समाजसेवी नानी काजी डंगोल, तामाङ कला संस्कृतिकर्मी छिमि मम्बा तामाङ, कराँते खेलाडी सुस्मिता तामाङ , चलचित्रकर्मी नायक धिनेर साक्य, र समाजसेवी तथा कलाकर्मी जी पुनलाई सम्मान गरिएको थियोे । जम्बुलिङ फिल्स प्रालीले नेपाली कला सांगीतिक तथा साँस्कृतिक क्षेत्रमा पुर्याएको योगदान प्रति कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि पुर्व मन्त्री तामाङले खुलेर प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित