महाकाली पुल निर्माण योजना : बहमुतले कञ्चनपुरले भन्यो, पुलमाथि खेलवार्ड नगर्न चेतावनी

कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(बहुमत) कञ्चनपुरले राष्ट्रिय गौरबको योजना चारलेन महाकाली पुलमाथि खेलवार्ड नगर्न चेतावनी दिएको छ । बहुमत कञ्चनपुरले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय गौरबको योजना चारलेन महाकाली पुलमाथि खेलवार्ड नगर्न चेतावनी दिएको हो ।

जनताको करबाट निर्माण भएको योजनामा निर्माण कम्पनीदेखि सरकार सत्तामा रहेका दलहरुले खेलवार्ड गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । निर्माण कम्पनी आफैले सडक खनेर अबरोध गर्ने घटनाको समेत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बहुमत कञ्चनुरले जारी गरेको प्रेस विज्ञप्तीमा यस्तो भनिएको छ, ‘सुदूरपश्चिम कै गौरव योजना महाकाली पुल र भारतको नाका सम्म चारलेन सडक र अन्य योजना निर्माता कम्पनी कुमार सि एफइसी जोइन्ट भेन्चरले बुधबार पुल वारिपारी दुबै तर्फ पहुँच मार्ग भत्काएर यातायात सेवा अबरुद्ध गरेको घटनाप्रती (बहुमत) को ध्यानाकर्षण भएको छ ।’

भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको हाम्रो पार्टीले बिगत कालमा पनि यो योजना निर्माण कम्पनीले गरेका विभिन्न गलत कार्यको विरुद्ध पनि संघर्ष गर्दै आएको जनाउदै सरकारले चौथो भेरिएसन स्वीकृत नगरेको काम रोकिएको भन्ने बाहना मात्रै हो। यो कार्य दलाल पुँजिबादी सरकारका मतियार र ठेकेदार कम्पनीको मिलोमतोमा कमिसन को लागि गरिएको नाटक मन्चन मात्रै भएको दावि गरिएको छ ।

देशैभरी यस्तै भए गरेका गडबडी कमिशनको लागि दलाल सरकारको निर्देशनमा ठेकेदार कम्पनीहरुले गर्ने नेपाली जनता प्रतिको घात भएको बहुमतको ठहर छ । बिगत देखि उठ्दै गरेका भिमत्त नगरपालिका लाई बुझाउने पर्ने राजस्व तिर्नुपर्ने, चारलेन सडक निर्माण गर्दा माटोरग्रावेल भरान गर्नुपर्नेमा ग्रावेल मात्र भरान गरेको र पयटकीय स्वीमिङ पुल तथा पोखरीमा मापदण्डअनुसार को ढुङ्गाको प्रयोग गर्नुको सट्टा आफू अनुकूल स्टेमेट तयार गरिएको जनाएको छ ।

बहुमत कञ्चनपुरका इन्चार्ज अर्जुन र सेक्रेटरी सन्र्दभले हस्ताक्षर गरेको विज्ञप्तीमा जनताले गौरवको योजना माथिको खेलवाड कदापि मन्जुर नहुने जिकिरर गर्दै जनताले गर्ने संघर्षको जिम्मेवारी सम्बन्धित निर्काय एव निर्माण कम्पनी नै जिम्मेबार हुने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित