सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ : गृहमन्त्री लेखक

सार्थक ब्यूरो । गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान कन्द्रित गरेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएसरजिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भन्नुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो “ चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएसरजिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणलाई अन्य पालिकाले पनि सिक्नुपर्ने र कार्यान्वयनमा ल्याउनुपर्ने काम हो । यसका लागि संघीय सरकारले सहयोग गर्नेछ । ”
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै स्मार्टसिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिँदै यसकार्यलाई जिपिएसरजिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले डिजिटल घर नम्बर तथा सडक चोकको नामकरण सहितको प्लेट जडान गर्नु एउटा कामको सुरुआत मात्र हो, वास्तविक कार्य अब सुरुआत हुने छ भन्नुभयो । उहाँले भन्नुभयो “यसैका आधारमा नगरपालिकाका सबै सेवालाई क्रमशः एकीकृत गरी सेवा प्रवाह हुने प्रयास गरिने छ । ”
कार्यक्रममा सांसदद्वय राजेन्द्रकुमार केसी र कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै ‘स्मार्टसिटी’ बनाउने लक्ष्यलाई जिपिएसरजिआइएस प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि – १५ का वडाध्यक्ष घनश्याम लुईँटेलले चन्द्रागिरिलाई ‘स्मार्टसिटी’मा रुपान्तरण गर्ने कार्यमा साथ र सहयोग पु¥याउन नगरवासीसंग आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित