महाकाली लोकमार्ग सुचारु

सार्थक ब्यूरो । किम्तडीस्थित ठड्याकाठा अवरुद्ध महाकाली लोकमार्ग सुचारु भएको छ। ६ दिनदेखि अवरुद्ध लोकमार्ग शनिबार साँझदेखि सञ्चालनमा आएको हो। लोकमार्ग ठड्याकाठा भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने क्रममा अवरुद्ध भएको थियो। दिनरात कटिङ् गरेर छैटौं दिन उक्त क्षेत्रमा साना, ठूला गाडी पास हुने गरी सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
किम्तडी र खलंगामा रोकिएका सवारी साधन शनिबार साँझदेखि आवतजावत सुरु भएको छ। पुस १५ देखि जिल्लाको मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रुहरू किम्तडीका अप्ठ्यारो भीर चढेर पैदल हिँड्न बाध्य भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित