माओवादी कृष्णपुर नगरपालिका : २को अध्यक्षमा राना र ६ को अध्यक्षमा चौधरी

सार्थक व्युरो

कञ्चनपुर । नेकपा माओवादी केन्द्र कृष्णपुर नगरका दुई वडाको सम्मेलन सम्पन्न भएको छ । शनिबार र आईतबार सम्पन्न भएका माओवादी केन्द कृष्णपुर २ र ६को वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले जिल्लाभरी वडा सम्मेलन संचालन भईरहेको बताए । उनका अनुसार कृष्णपुर २को वडाध्यक्षमा छङगा राना, ६को वडाध्यक्षमा बाबुराम चौधरी चयन भएका छन ।

२को उपाध्यक्ष दान ब. महता, सचिव लिलादेवी पन्त, सह सचिव धिरेन्द्र राना, कोषाध्यक्ष लक्ष्मण चुनारा सहित २५ सदस्यीय वडा कमिटि विस्तार गरिएको छ ।

यस्तै गरी ६को उपाध्यक्षमा गंगराम चौधरी, सचिव राकेश चौधरी, सह सचिव कर्ण लुहार, कोषाध्यक्ष सिता चौधरी सहित २१ ससदस्यीय वडा कमिटि विस्तार गरिएको छ । वडा सम्मेलनमा पुर्व जनमुक्ति सेना, सहिद वेपत्ता परिवारलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित