भीनपा १३ वडाध्यक्ष झक्कासद्वारा बिरामी पत्रकार सिनाललाई उपचार खर्च

प्रदिप राना 

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका एक जनप्रतिनिधीले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग गरेका हुन ।

बिहीबार एक कार्यक्रमका विच वडाध्यक्ष बोहराले बिरामी पत्रकार सिनाललाई नगद तीन हजार एक सय रुपैया नगदद आर्थिक सहयोग गरेका छन । समाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर थाहा पाएपछि वडाध्यक्ष झक्कासले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गरेका छन । लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले वडाध्यक्ष जोशीले उपचार खर्च उपलब्ध गराएका हुन । स्वतन्त्र निर्वाचित जनप्रतिनिधी एव समाजिक अगुवा समेत रहेका वडाध्यक्ष झक्कासले समाजिक हकहितका क्षेत्रमा कार्यरत शुक्लाफाँटा एफएमका पत्रकार सिनालको उपचारका लागि भावि दिनमा सहयोगको प्रतिबद्धता जाहेर गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित