बेलौरीमा माघ म्याला सुरु, थारु समुदायमा रौंनक

सार्थक ब्यूरो । बेलौरीमा नगर भलमन्सा समितिको आयोजनामा बेलौरीको खुल्ला मञ्चमा आज देखि बेलौरी माघ म्याला २०८१ शुरु भएको छ । यस म्यालाको उद्घाटन समारोह बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर सिंह चौधरीको अध्यक्षता र पुर्व खानेपानी मन्त्री विना मगर प्रमुख अतिथि, सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट विशिष्ट अतिथि, बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी लगायको उपस्थिति उदघाटन गरिएको थियो ।
कार्यक्रमको पूर्वसन्ध्यामा थारु भेषभूषा झल्किने गरी बजार परिक्रमण गरिएको थियो । म्यालालाई भलमन्सा ऐन कार्यान्वयकै उत्साहका रुपमा समेत लिइएको थियो । म्यालामा बेलौरी नगरका प्राध्यापक, डाक्टर, ०७४ देखि ०७९ सम्म निर्वाचित थारु समुदायका जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । साथै, नगरका राष्ट्रिय खेलाडीहरूलाई पनि सम्मान गरिनुका साथै विविध सामाजिक कार्यक्रमहरू प्रस्तुत गरिएका छन् ।
म्याला तीन दिनसम्म चल्नेछ, जसमा थारु संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ । कार्यक्रमका वक्ताहरुले थारु संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री विना मगरले “थारु समुदायको परम्परा र संस्कृतिको संरक्षणका लागि यस किसिमका मेला महत्त्वपूर्ण माध्यम हुन भन्नुभयो । माघे मेला केवल मनोरञ्जनको साधन मात्र नभई समुदायलाई एकताको सूत्रमा बाँध्ने एउटा प्लेटफर्म हो । थारु समुदायको हकहित र संस्कृति प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न आफु सधै लागि परेको बताईन । यस्ता गतिविधिले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउनुका साथै पर्यटनलाई पनि प्रोत्साहन गर्छन्।
प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले भन्नुभयोः “थारु भेषभूषा, भलमन्सा परम्परा, र सांस्कृतिक विविधताको संरक्षणमा बेलौरीको भूमिका प्रशंसनीय छ । माघे मेला थारु समुदायको पहिचान झल्काउने मात्रै होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने अवसर पनि हो । यस मेलाले समुदायको आर्थिक र सामाजिक समृद्धिमा योगदान गर्ने विश्वास लिएको बताउनु भयो ।अतिथिहरूले मेलाको व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, र थारु समुदायको सक्रिय सहभागिताको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन। सबैलाई यस मेलामा सहभागी भएर सांस्कृतिक सम्पदाको जगेर्नामा सहकार्य गर्न आह्वान समेत गरिएको छ ।
बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले भन्नुभयोः “थारु समुदायको पहिचान, संस्कार, र संस्कृति बचाउन बेलौरी नगरपालिकाले सधैं सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि निरन्तर समर्थन गर्नेछ । माघे म्याला केवल मनोरञ्जनको कार्यक्रम होइन, यो हाम्रो सामूहिक प्रयासको प्रतिबिम्ब हो, जसले हाम्रो मौलिकता जगेर्ना गर्न मद्दत पु¥याउँछ । थारु भलमन्सा प्रणाली हाम्रो समुदायको गौरव हो, र यसलाई संस्थागत गरेर थारु पहिचानलाई अझ सशक्त बनाउनु हामी सबैको दायित्व भएको बताउनु भयो ।“
मेलाले स्थानीय उत्पादन, हस्तकला, र पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने बताउँदै, थारु संस्कृति र परम्पराको संरक्षणका लागि युवापुस्ताको संलग्नता आवश्यक रहेकोमा जोड दिनुभयो । साथै, मेलालाई सफल बनाउन स्थानीय बासिन्दा, आयोजक समिति, र सरोकारवालाहरूको भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर सिंह चौधरीले भन्नुभयोः “माघ म्याला हाम्रो सांस्कृतिक पहिचान र थारु परम्पराको जीवन्तता हो । भलमन्सा प्रणाली थारु समुदायको ऐतिहासिक र सामाजिक संरचनाको मुख्य आधार हो, र यसलाई जगेर्ना गर्न मेला आयोजना गरिनु गौरवको विषय हो । हाम्रो समुदायको समृद्धि र एकता यस्ता कार्यक्रमहरूमार्फत अझ बलियो बनाउने अवसर प्राप्त भएको बताउदै भलमन्सा ऐन कार्यान्यनमा आएकोमा उत्साहका रुपमा समेत म्यालालाई लिइएको बताउनु भयो ।
उहाँले थप भन्नुभयो, “भलमन्सा ऐनको कार्यान्वयनले समुदायलाई थप सशक्त र संगठित बनाएको छ । म यो म्यालाको सफलताका लागि सम्पूर्ण समुदाय, आयोजक, र सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छु । थारु समुदायको संस्कार, परम्परा, र मूल्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै यो म्यालाको मुख्य उद्देश्य हो ।
उहाँले सबैलाई म्यालामा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै यस्ता कार्यक्रमले स्थानीय, सांस्कृतिक, र आर्थिक समृद्धिमा समेत योगदान दिने विश्वास व्यक्त गर्नुभयो । म्याला २६ गतेदेखि २८ गते सम्म संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित