राप्रपाको जलपानमा प्रधानमन्त्री पनि सहभागी

सार्थक ब्यूरो । राष्ट्रिय प्रजातन्त्र पार्टी ले पृथ्वी जयन्तीको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भएका छन् ।
कार्यक्रममा सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सांसद र अन्य विभिन्न दलका नेताहरु सहभागी छन् ।
सहभागीहरुले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै जलपान कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री ओलीले पनि पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरे । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित