सार्थक व्युरो ।
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी स्थित सरस्वती माविमा छात्रबृतिदेखि औषधी खरिद प्रंकरण छानबिन गर्न माग अघि सारेको छ । माओवादी केन्द्र कृष्णपुर २ नम्बर वडा कमिटीले सरस्वती माविमा छात्रबृतिदेखि औषधी खरिद प्रंकरण छानबिन गर्न माग अघि सारेको हो ।
विद्यालयमा दलित छात्रबृतिदेखि सिटिईभिटीको औषधी खरिदमा भएको अनियमितताको विषयमा समाजिक सञ्जालमा आएका विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउदै छात्रबृति वितरण र औषधी खरिद प्रकरणमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।
दलित छात्रा रेनुका सुनारले पाउनुपर्ने अपाङ्गता छात्रबृृति दुरुपयोग, सिटिभिटीका शिक्षक शिक्षिकाको योग्यता नियुक्त, औषधी खरिदमा बाहिर आएका विषयमा सरोकारवाला निकायले छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।
सिटिभिटीकी शिक्षिका आस्था जैसीले केही मिडियामा दिएको अन्तरवार्तामा विद्यालयको विषयमा पाटीको नाम जोडेर दिएको अन्तरवार्ता तथ्यहिन आरोपको निन्दा गरिएको छ । माओवादी केन्द्र कृष्णपुर २का वडाध्यक्ष छंगा राना र सचिव लिलादेवी पन्तले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यालयमा भएको छात्रबृति वितरणदेखि औषधी खरिद प्रकरणमा माओवादी पाटी जोडेर आफ्ना भ्रष्टाचार लुकाउने कार्य बन्द गर्न समेत आग्रह गर्दै पाटी बिरुद्धका गतिबिधी रोक्न चेतावनी दिएकोछ ।


















Discussion about this post